Naya Media
आइतवार, बैशाख २०, २०८३
| | May 3, 2026
आइतवार, बैशाख २०, २०८३

खोक्रो सम्पन्नता ! धनले धनी, मनको दरिद्र

सोमवार, भदौ २९, २०७७

मेरो मनमा बारम्बार एउटै प्रश्नले घर गरि रहन्छ। मनमा घोचि रहन्छ। त्यो प्रश्न हो, हामी धनी हुँदैछौं कि गरिब? आजको मान्छे हिजो भन्दा सम्पन्न छ या विपन्न ? आधुनिक समाज, जो विकसित छ भनिन्छ त्यो पहिलेभन्दा सम्पन्न छ कि विपन्न ? म आफ्नै गाउँघर आफ्नै परिवार को हिजो र आजको अवस्थाको तुलना गर्छु तर निर्णय वा निश्कर्षमा पुग्न सक्दिन। म अझै द्विविधा मै छु, सत्य के हो भन्नेमा ? हिजोको समाज र आजको समाज, परिवार, आधुनिक तथाकथित सभ्य सहरीया समाज हेरौं एकपल्ट !

राजेन्द्र प्रसाईं

हाम्रो बुबाको पालामा हामी निकै गरीब दुखी थियौं। हाम्रोमा दुइ हल रांगागोरु थिए। बीस बाइस वटा गाइ भैंसी थिए। सयमन धान खान राख्थ्यौं ढुकुटीमा । हामी कालो नुनिया, बासमति चामलको भात खान्थ्यौं। बारीभरि सागसब्जी हुन्थ्यो। खेतबारीभरि आँप, लिचि, कटर, नरिवल सुपारी, अनार, केरा बारीभरि कति हो कति, मौसमअनुसार फल्थे प्रसस्त । केरा त हप्तै पिच्छे घरिका घरि। खाइनसकेर बेच्थ्यौं हामी।

त्यतिबेला हामी धेरै गरिब थियौं। धेरै काम गर्नु पर्थ्यो राम्रा लुगा लाउँन मिठो खान पुग्दैनथ्यो। गोजीमा पैसा हुन्नथ्यो। जहिल्यै काममा जोतिनु पर्थ्यो। तर पनि दुध, दहि घरभरि, घीउ कति खानु ? गाउँभरिलाइ मोहि खान पुग्थ्यो। हलि गोठाला थिए बर्सैभरि ! दुइसय मन धान बेच्थ्यौं।चालिस पचास मन पाटा बेच्थ्यौ। तोरी, आलस, दाल प्रसस्त बेच्थ्यौं हामी। दुइ तीन गाइ भैसी दुहुना कहिल्यै टुट्दैनथे। बर्सैपिच्छे अलिअलि जग्गा जोड्थ्यौं, बिहानभरि हिड्दा नसकिने खेत थियो। सम्पूर्णमा आत्म निर्भर थियौं। घरमा नभएको केहि हुन्नथ्यो। केहि कोहिसँग माग्नु वा किन्नु पर्दैनथ्यो।

तैपनि आमा भन्नुहुन्छ हामीलाइ उतिबेला धेरै दुख थियो। लुगा लाउन दशैँ पर्खनु पर्थ्यो। गोडामा जुत्ताचप्पलको स्पर्स थिएन। टालेर लुगा लाउँथ्यौँ। औषधि उपचार गर्न सकिन्न थियो। एक जोर लुगाले बर्ष धान्नु पर्थ्यो। स्कूल जाँदा आउंदा खाजा कैल्यै खाइएन। हो, हामी विपन्न नै थियौं।

तर अहिले म तुलना गर्छु, आफै आजको दिनमा, अहिले सहरमा एक कट्ठा जग्गा किनेर एउटा सानो घर बनाएको छ। अहिलेको मान्छे, जीवन भरि कमाएको पैसाले एउटा घडेरि किन्छ बल्लतल्ल । अनि एउटा घर बनाउला रिनपान गरेर आजको मान्छे। उसका बाबुले छ सात भाइ छोरालाइ पुग्ने जग्गा जोडे। पाँच छ वटि छोरीकाे बिहे गरे। उसको छोरो पढाउन नसक्ने, पाल्न नसक्ने भन्दै एउटा छोरा छोरी पाउँछन । जगा जमिन किन्ने त कुरै छाडौं घरमा भात खान एउटा सानो चामलको बोरा छ। बस्तुभाउको कुरै छाडौं एक लिटर पातलो दुध कति खानु ?दहि, मोहि कहिले काहिं साइत जुर्छ। घिउ अघाउँजी खान पाइन्न। प्लास्टिकका पातला झोलामा फलफूल कति खानु ? भात पकाउने बेला भो, सब्जी छैन। अलि कति सब्जि किनेर ल्यायो बिषले भरिएको, बेलुकालाइ छैन फेरि। मुठीभरि रुपैयाँ बोकेर बिष र सब्जि सराबरी किनेर ल्याउनु पर्छ।

एउटा पाहुना आयो भने झोला बोकि पसल कुद्नुपर्छ। जमिनमा बल्लतल्ल एउटा घर अटेको छ। साग खाने बारी छैन । साँघुरो आंगन चेपारो फूलबारी । थुक्दा पनि बाहिर अर्काको जमिनमा पर्छ कि भन्ने पिर ? यस्तो कष्टपूर्ण साँघुरो जीवन शैली ! के यहि हो सप्पन्न जीवन ! यसैको नाम रहेछ सहरी जीवन। यहि हो त आधुनिक समृद्धि ? यस्तो जीवनलाइ कसरी सम्पन्न भन्नु ? तैपनि मान्छे भन्छ्न हामी पहिलेभन्दा अहिले धनी हुँदैछौ रे ! हाम्रो समाज पहिलेभन्दा धेरै समपन्न भयो रे ! मलाइ पत्याउन गाह्रो पर्छ म अझै भ्रम मै छु।

अर्कातिर आज् भोलि काम कठिन छैन पहिला झैँ कठोर शारिरीक श्रम गर्नु पर्दैन। हिंड्नु पर्दैन सवारी साधन छन। राम्रा राम्रा थरि थरिका लुगा सजाएर राखेको छ। स्वस्थ्य सफा घर छ। सिगारिएका कोठाहरु छन। सजिसजाउ भान्साघर। बास्ना आउने बाथरूम, थरि थरिका फर्निचर। गोजीमा पैसाको खाँचो छैन । प्रसस्त बैङ्क निक्षेप, महङ्गा विद्यालयमा छोराछोरी पढ्छन। साधन सामग्रीको पर्यप्तता। साथै अनि रोगी अस्वस्थ बुढाबुढी, उमेरमै बुढो देखिने ज्यान, औषधिको भरमा बाँचेको जीवन । श्रम गर्न नसक्ने शरीर माटो छुन घिन मान्ने छोरा छोराछोरी आजको भौतिकबादी आधुनिक सभ्य समाजको चित्रण यस्तो छ।

मलाइ द्विविधा हुन्छ, हामी धनी हुँदैछौं कि गरीब ? मान्छे हिजो सम्पन्न थियो कि आज ? यो सम्पन्नता र विपन्नताको मापक वा सुचक के हो ? आजको हाम्रो सम्पन्नता त मलाइ खोक्रो भित्र केहि नभएको बाह्य सम्पन्नता जस्तो लाग्छ। यसलाइ बोक्रे वा खोक्रो सम्पन्नता नाम दिन मन लाग्छ आजको समाजलाइ।आजको मान्छे भौतिक रुपमा सम्पन्न भए पनि आत्मिक रुपमा गरीब छ। धनले धनी भए पनि मनको दरिद्र वा आत्मिक आध्यात्मिक मूल्यमा गरीब छ। त्यसैले हामी धनी सप्पन्न हुदैछौं भन्न मेरो मन मान्दै मान्दैन तपाइको मन के भन्छ कुन्नि ?


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.