Naya Media
आइतवार, बैशाख २०, २०८३
| | May 3, 2026
आइतवार, बैशाख २०, २०८३

अनुदान कोटामा कार्यरत शिक्षकहरुले बुझाए शिक्षा शाखामा ज्ञापन पत्र

User Photo सोमवार, भदौ २९, २०७७
काठमाण्डाै ।

शिक्षण सिकाइ अनुदान सहयोग कोटामा कार्यरत शिक्षकहरुको संघर्ष समितिले नेपाल सरकार शिक्षा मन्त्रालय अन्तरगतको शिक्षा तथा मानव स्रोत विकास केन्द्र मार्फत देशैभरीका सामुदायिक विद्यालयका मा.वि तथा नि.मा.वि तहमा अंग्रेजी, गणित र विज्ञान विषयका शिक्षकहरुको अभावलाई पूर्णता दिन दिदै आएको शिक्षण सहयोग अनुदान कार्यक्रम मार्फतको रकम निकासा नगरिएको भन्दै सम्बन्धीत निकाय मार्फत ज्ञापन पत्र बुझाइएको छ ।

कैलालीको लम्कीचुहा, टिकापुर र भजनी नगरपालिका तथा जानकी र जोशीपुर गाउँपालिकाका शिक्षा शाखामा अनुदानमा कार्यरत शिक्षकहरुको संघर्ष समितिले रकम तत्काल निकासा गर्नका लागि सम्बन्धित निकायमा पहल गरिदिन भन्दै स्थानीय पालिका मार्फत ज्ञापन पत्र बुझाइएको शिक्षण सिकाइ सहयोग अनुदान शिक्षक संघर्ष समिति कैलालीका संयोजक गणेशराज शाहीले जानकारी दिनुभयो । देशैभरका सामुदायिक विद्यालयमा नेपाल सरकारबाट प्रदान गरिँदै आएको उक्त कोटाका लागि शैक्षिक सत्रको अघिल्लो असारमै एकमुष्ट रकम निकासा हुने गरेको थियो ।

तर, यो वर्ष दुई महिना बितिसक्दा पनि विनियोजित रकम निकासाको अहिलेसम्म कुनै पनि निकायबाट आधिकारिक जानकारी नआएकोले आन्दोलनका कार्यक्रम गर्नु परेको संयोजक शाहीले बताउनु भयो । निजि क्षेत्रलाई कोरोना महामारीको समयको तलब रोक्न नहुने बताइरहेको सरकार आफैले विधि प्रक्रिया बमोजिम नियुक्त गरिएका शिक्षकहरूको तलब अँझै निकासा नगरेको र तत्काल आफुहरूको रकम निकासा गरिनुपर्ने अन्यथा आफुहरूले थप विरोधका कार्यक्रम शसक्त रुपमा अगाडी बढाउने संयोजक शाहीले बताउनु भयो ।

सामुदायिक विद्यालयको शिक्षण सुधारका लागि मुख्य विषय अंग्रेजी, गणीत र विज्ञान शिक्षकको अभाव परिपूर्तिका लागि नेपाल सरकारले शिक्षक अभाव भएका तथा शून्य दरबन्दी भएका विद्यालयहरूलाई २०७५ सालदेखि एकमुष्ट रकम प्रदान गर्दै आएको छ । तर यो बर्ष भने असार महिनामै निकासा हुनुपर्ने रकम अहिलेसम्म निकासा गरीएको छैन । आर्थिक वर्षको विनियोजित बजेट निकासा गरिनुपर्ने र तलबभत्ता वाफतको रकम नेपाल सरकारले तोके बमोजिम अन्य शिक्षकहरुको जस्तै हुनुपर्ने समेत आफुहरुको माग रहेको संयोजक शाहीले जानकारी दिनुभयो ।


Photo

रमित पाण्डे नयाँ मिडिया डट कमका कैलाली सम्बाददाता हुन । उनी समसामयिक राजनैतिक तथा सामाजिक विषयमा कलम चलाउछ्न ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.