कैलालीको घोडाघोडि र लम्कीचुहाबाट एक लाख ६८ हजार नगदसहित १७ जना जुवाडे पक्राउ परेका छन्।
घोडाघोडी नगरपालिका- १० आमखोइया बस्ने टेक बहादुर मल्ल र लम्कीचुहा नगरपालिका वडा नम्वर २ स्थित रोहन ढकालको घरमा जुवा खेलिरहेको अवस्थामा १७ जना पक्राउ परेका हुन।
ईलाका प्रहरी कार्यालय लम्कीबाट खटिईएको प्रहरी टोलीले लम्कीचुहा नगरपालिका– २ बाट स्थानीय विष्णु केसी, शेर बहादुर रावल, खड्क पुन, हर्क पुन र डिल्ली प्रसाद जोशिलाई पक्राउ गरिएको हो। उनीहरुको साथबाट ३२ हजार पाँच सय ५० नगद बरामद गरिएको छ।
त्यस्तै ईलाका प्रहरी कार्यालय सुखडबाट खटिईएको प्रहरी टोलीले मल्लको घरमा जुवा खेलिरहको अवस्थामा स्थानीय दिलिप कठायत, गणेश कठायत, केशब मल्ल, भद्र बडुवाल, धनन्जय कठायत, धन कठायत, नबिन कठायत, खगेन्द्र बुढा, हरिश कठायत, गौरीगंगा–१० बस्ने बर्ष रमेश कठायत र अरबिन चौधरीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक प्रतिक विष्टले जानकारी दिए। जुवा मुद्दामा म्यादथप गरी थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।
