Naya Media
बुधबार, असार १०, २०८३
| | June 24, 2026
बुधबार, असार १०, २०८३

साम्राज्ञी ब्वाइज युनियनका युवाहरुले गरे आमपानी क्षेत्रको सरसफाइ,११ वटा डस्टबिन समेत राखे

User Photo शुक्रबार, मंसिर ५, २०७७
लम्की कैलाली ।

कैलालीको मोहन्याल गाउँ पालिका ७  मा पर्ने लम्किबाट करिव ७ किलोमीटर दुरिमा रहेको आमपानी क्षेत्रको साम्राज्ञी ब्वाइज युनियन लम्कीले सरसफाइ गरेको छ । फोहोर भएको आमपानी क्षेत्रको सरसफाइमा कसैले चासो नदेखाएको बेला ब्वाईज युनियनका युवाहरूले सरसफाइ गरेका हुन ।
युनियनका प्रशिक्षक तथा नेपाल पुलिस क्लबका खेलाडी कपिल ढकालको बिदाइ कार्यक्रमका अवसरमा ब्वाइज युनियनका संयोजक मयाराम खत्रीले ब्यक्तिगत रुपमा ११ वटा डस्टबिन आमपानी क्षेत्रमा राख्नु भएको छ ।

सरसफाई कार्यक्रममा सामाजिक अगुवा शिक्षक प्रकाश बिक , धिरेन्द्र थापा,साम्राज्ञी ब्वाइज युनियनका अफिसियल प्रायोजक अपोलो टायरका आधिकारिक बिक्रेता प्रकाश बुढा, विद्यार्थी नेता नारायण प्याकुरेल,न्यानो स्पर्शका बिक्रम जिसि , animal rescue का राहुल सुनार लगायतका अन्य युवाहरूको उपस्थिति रहेको थियो । बिगत ८ महिना देखि खेलकुद क्षेत्रलाइ अगाडि बढाइरहेको क्लबले सामाजिक कार्यमा पनि नि स्वार्थ रुपमा लाग्ने प्रतिबद्धता जनाएको छ ।

पछिल्लो समय आमपानी प्रकृतिप्रेमीहरुको आकर्षणको केन्द्र बनिरहेको छ । यसको बढ्दो चर्चा र लोकप्रियताका कारण लकडाउन र निषेधाज्ञाका समयमा समेत आमपानी झरनामा रमाउन कयौँ मानिसहरु पुगेका थिए । अझ सार्वजनिक बिदाको दिन त आमपानी झरना पुग्नेको भिड नै हुने गरेको स्थानीयहरु बताउँछन्।

लम्कीचुहा नगरपालिकाको लम्की बजारको अछाम जाने बाटो भएर उक्त ठाउँमा पुग्न सकिन्छ। लम्की बजार बाट आमपानी झरना पुग्ने दुरी करिब ७ किलोमिटर छ। मोटरसाइकल, अटो लगायत विभिन्न सवारी साधनबाट आमपानी झरना पुग्न सकिन्छ। कोही कोही त पैदलै पनि झरनासम्म पुग्ने गरेका छन्। कच्ची सडक र ढुङ्गाको बाटा भएकाले ओहोरदोहोर गर्न केही कठिन भने हुन्छ।
झरनासम्म पुग्नेहरुको संख्या बढ्न थालेपछि गोरेटो बाटो केही सुधार गरिएको छ भने पार्किङ्ग क्षेत्र र दुई ओटा पिकनिक स्पट बनाइएको छ।

 

 


Photo

रमित पाण्डे नयाँ मिडिया डट कमका कैलाली सम्बाददाता हुन । उनी समसामयिक राजनैतिक तथा सामाजिक विषयमा कलम चलाउछ्न ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.