Naya Media
मङ्लबार, जेष्ठ १२, २०८३
| | May 25, 2026
मङ्लबार, जेष्ठ १२, २०८३

एमाले र माओवादी ब्युँताउने फैसलाको पुनरावलोकन नगर्ने सर्वोच्चको निर्णय

पुनरावलोकन

User Photo बिहिबार, चैत्र १९, २०७७
काठमाण्डाै ।

सर्वोच्च अदालतले यसअघि नेकपा एमाले र माओवादी केन्द्र ब्युँताउने दिएको फैसलामाथि पुनरावलोकन नगर्ने भएको छ। प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा न्यायाधीशहरु तेजबहादुर केसी र प्रकाशकुमार ढुंगानाको बिहीबारको इजलासले यस्तो निर्णय गरेको हो।

फैसला पुनरावलोकनको माग गर्दै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ मंगलबार सर्वोच्च अदालतमा निवेदन दिएका थिए । यसअघि ०७५ जेठ ३ गते नेकपा एमाले र नेकपा माओवादी केन्द्र एकता भएपछि निर्वाचन आयोगले नाम जुध्ने गरी ओली र प्रचण्ड नेतृत्वको नेकपालाई आधिकारिकता दिएको थियो।

तत्काल कट्टेलले आयोगमा दिएको निवेदन खारेज भएको थियो। त्यसपछि नेकपा आफ्नो भएको दाबी गर्दै ऋषि कट्टेलले करिब ३ वर्षअघि सर्वोच्चमा रिट दायर गरेका थिए। कट्टेलको पक्षमा फैसला गर्दै सर्वोच्चले फागुन २३ गते न्यायाधीशद्वय बमकुमार श्रेष्ठ र कुमार रेग्मीको संयुक्त इजलासले नेकपा खारेज गर्दै एमाले र माओवादी केन्द्र ब्युँताउने फैसला गरेको थियो।

सर्वोच्च अदालतले नेकपामा आवद्ध एमाले र माओवादी केन्द्रलाई पहिल्यैको अवस्थामा फर्काइदिएपछि दुवैपक्ष आ-आफ्नो कित्तामा फर्किएका छन्। यता माओवादी केन्द्रका अध्यक्ष ‘प्रचण्ड’माधव नेपाल समूहमा गएका एमालेका नेताहरु र ओली पक्षबीच असमझदारी बढ्दै गएको छ। माधव-झलनाथ खनाल पक्ष र पार्टी अध्यक्ष ओली दुई समूहमा देखिएका छन्।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.