Naya Media
सोमवार, जेष्ठ ११, २०८३
| | May 25, 2026
सोमवार, जेष्ठ ११, २०८३

हमेल्सको आत्मघाती गोल, फ्राससँग जर्मनी पराजित

User Photo बुधबार, असार २, २०७८
काठमाण्डाै ।

म्याट्स हमेल्सले आत्मघाती गोल गरेपछि घरेलु मैदानमै फ्रान्ससँग जर्मनी पराजित भएको छ । म्युनिखस्थित एलिनाज एरिनामा फ्रान्स १–० ले विजयी भएको हो । युरो इतिहासमै जर्मनीले सुरुवाती खेल गुमाएको यो पहिलोपटक हो ।

लुकास हर्नान्डेजको क्रसलाई कालियन एमबाप्पे भए ठाउँ पुग्नबाट रोक्ने क्रममा हमेल्स थिए । यसक्रममा उनले बल उनकै गोलपोस्टमा डाईभर्ट भइदियो ।

यसअघि खेलमा दुबै टोलीले गोल गर्ने धेरै अवसर खेर फालेका थिए । पहिलो हाफमा इल्के गुन्डोगानले गरेको प्रहार गोलमा परिणत हुन सकेन । दोस्रो हाफमा फ्रान्सले दुईपटक बललाई जाली चुमाएपनि ती दुबै अफसाइड थिए ।

प्रतियोगिताअन्तर्गत यही समूहको खेलमा हंगेरीलाई पोर्चुगलले बुडापेस्टमा ३–० ले हरायो । पोर्चुगलका लागि क्रिष्ट्रियानो रोनाल्डोले दुई र राफायल गुरेरोले एक गोल गरे ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.