Naya Media
शुक्रबार, बैशाख ४, २०८३
| | April 17, 2026
शुक्रबार, बैशाख ४, २०८३

घोडाघोडी २ मा रहेको चुलिमालिका बचत तथा ॠण सहकारी संस्थाको सेवा केन्द्र हरि नगरमा संचालन

User Photo बिहिबार, असार ३०, २०७९
काठमाण्डौ ।

घोडाघोडी नगपालिका वडा नं २ मा रहेको चुलिमालिका बचत तथा ॠण सहकारी संस्थाको सेवा केन्द्र हरि नगरमा संचालन ।
कैलालीको घोडाघोडी नगरपालिका वडा नम्बर २ मा रहेको चुलिमालिका बचत तथा ॠण सहकारी संस्थाको घोडाघोडी ७ हरिनगरमा सेवा केन्द्र संचालनमा आएको छ ।
आज कार्यक्रमका बिच सेवा केन्द्रको उद्घाटन गरेको संस्थाका अध्यक्ष रण बहादुर भण्डाराले जानकारी दिनु भएको छ ।
संस्थाका अध्यक्ष रण बहादुर भण्डाराको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रमको प्रमुख अतिथी घोडाघोडी नगरपालिकाका नगरप्रमुख खडक रावत रहनु भएको थियो । अथितिमा घोडाघोडी नगरपालिका वडा नं७ का वडा अध्यक्ष तथा हरिनगर मा वि का व्यवस्थपन समिति अधयक्ष जगराम चौधरी घोडाघोडी २का वडा अध्यक्ष श्री लक्ष्मी प्रसाद चौधरी र घोडाघोडी नगरपालिका वडा नं ३का वडा अध्यक्ष कृष्ण प्रसाद गौतम लगायत अन्य अथिती रहनु भएको थियो। कार्यक्रममा बोल्दै नगर प्रमुख रावतले पछिल्लो समयमा सहकारीले धेरै राम्रो काम गरेको राम्रो पूँजी लगानी गरेको र सानो भए पनि बचत गर्नु पर्दछ बचतको लागि सहकारी संस्था एकदमै राम्रो हुने र सहकारी बचतको लागि विश्वासिलो रहेको छ भन्दै उच्च प्रसंसा गर्दै सेवामुखि बन्न सुझाव दिनु भयो ।
कार्यक्रममा घोडाघोडी लगायत स्थानियको सहभागीता रहेको थियो ।

 

 


Photo

रमित पाण्डे नयाँ मिडिया डट कमका कैलाली सम्बाददाता हुन । उनी समसामयिक राजनैतिक तथा सामाजिक विषयमा कलम चलाउछ्न ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.