कैलालीको लम्कीचुहा नगरपालिकामा कार्यरत शिक्षकहरुलाई नगरपालिकाले आर्थिक वर्ष २०७८/०७९ को अन्तिम चौमासिक तलब भक्ता निकासा नगरेको विषयलाई लिएर नागरिक उन्मुक्ति पार्टीको लम्कीचुहा नगर समितीले आपत्ती जनाएको छ ।
बिहिवार नगर कमिटी संयोजक श्याम बमले प्रेस विज्ञप्ती मार्फत लम्कीचुहा नगरपालिका नागरिकहरु प्रति जिम्मेवार हुन नसकेको बताएका छन ।
प्रेस विज्ञप्तीमा भनिएको छ,लम्कीचुहा नगरपालिकामा कार्यरत शिक्षकहरुलाई नगरपालिकाले आ.व.२०७८/०७९ को अन्तिम चौमासिक तलब भत्ता निकासी नगरेको र गुरु पुर्णिमाको दिनमा गुरुहरुनै आन्दोलित हुनु परेको घटना प्रति नागरिक उन्मुक्ति पार्टीको गम्भिर धयानाकर्षण भएको छ ।
नगरबासीका समस्याहरु प्रति जिम्मेवार हुनु पर्ने स्थानिय सरकार शिक्षा जस्तो महत्वपुर्ण क्षेत्र र बिद्यार्थीको भबिष्य प्रति गम्भिर नभएको हामिले महसुस गरेका छौ । यो समस्या यथाशिघ्र समधान गर्न नगर प्रमुख,नगर प्रशासनलाई ध्यानाकर्षण गराउन चाहन्छौ साथै छानविन गरि दोषि उपर तत्काल कारबाहीका लागी माग गर्दै शिक्षकहरुका उचित माग प्रति नागरिक उन्मुक्ति पार्टीको ऐक्यबद्धता रहेको जानकारी गराउद छौ ।

