Naya Media
शनिबार, असार १३, २०८३
| | June 27, 2026
शनिबार, असार १३, २०८३

टाइगर श्राफ तथा दिशा पाटनी (क्युट कपल) विच ब्रेकअप

User Photo मङ्लबार, असार १०, २०७६
काठमाण्डाै ।

बलिउड अभिनेता टाइगर श्राफ तथा अभिनेत्री दिशा पाटनीको जोडीलाई बलिउडमा ‘क्युट कपल’ को उपनाम प्राप्त छ । उनीहरुको जोडीलाई सबैभन्दा आकर्षक मान्नेहरु पनि प्रसस्त छन् । यद्यपि, अहिले आएर दुबैको ब्रेकअप भएको खबर सार्वजनिक भएको छ ।

दिशा र टाइगर लामो समयदेखि आफ्नो प्रेम सम्बन्ध अर्थात अफेयरका कारण चर्चामा आइरहन्छन् । त्यसो त दुबैले आजका मितिसम्म आफ्नो सम्बन्धका बारेमा सार्वजनिकस्थलमा खुलेर स्विकार गरेका छैनन् । यद्यपि, दुबैलाई प्रायः संगै लञ्च तथा डिनरमा देख्न सकिन्थ्यो ।

हालै मात्र पिंकभिलामा प्रकाशित एउटा रिर्पोटलाई विश्वास गर्ने हो भने दिशा र टाइगरले छुट्टने निर्णय गरिसकेका छन् । उक्त रिपोर्टका अनुसार दुबैका एक निकटस्थ सुत्रले उक्त कुराको खुलासा गरेका हुन् । उक्त सुत्रका अनुसार पछिल्ला केही हप्तादेखि उनीहरु दुबै आफ्नो सम्बन्धका बारेमा निकै गम्भीर देखिएका थिए ।

उनीहरु दुबैले सहमतिमै एक-अर्काबाट अलग हुने निर्णय गरेको बताइन्छ । केहि दिनअघि मात्र प्रकाशित एउटा समाचारमा दिशा तथा आदित्य ठाकरेको निकटता बढिरहेको बताइएको थियो । उनीहरु दुबैलाई संग-संगै पनि देखिएको छ । तर पछि के थाहा भयो भने टाइगर र दिशा अलग हुनु पर्ने कारण यो थिएन ।

त्यहीं, अर्को सुत्रका अनुसार दुबैबीच धेरै अघिदेखि मतभेद जारी थियो, जसलाई उनीहरुले नै सुल्झाइरहेका थिए । अहिले आएर उनीहरुले प्रेमि-प्रेमिकाको साटो राम्रो साथीमात्र रहने निर्णय गरेका हुन् ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.