Naya Media
मङ्लबार, जेष्ठ ५, २०८३
| | May 19, 2026
मङ्लबार, जेष्ठ ५, २०८३

कविता- छैन उपाय कुनै

User Photo बुधबार, भदौ १०, २०७७
काठमाण्डाै ।

कोरोना अति सुक्ष्म जीव भनिने,के हो कतै छैन यो
देख्दैनन् तर खै हतास सब छन्,मिल्दैन है चैन त्यो
के होला कसरी कहाँ छ यसको,साँचो पता के भन
सारा विश्व छ आज मौन नबुझी,होला र के यो भन

मात्रै बन्द छ यो जता पुगि गयो, यो हाल संसारको
खाली क्रन्द छ यो जहाँ हुन गयो,बेहाल संसारको
मान्छेको सब ज्ञान व्यर्थ हुनगो,मात्रै निरासा भयो
मान्छेको सब ध्यान नष्ट हुनगो,आशा भरोसा गयो

जान्ने छौं सब गर्न सक्दछु भनी,मख्खै थियो मानिस
खोजी व्यर्थ भयो सबै तरहको,छक्कै परो मानिस
जानेको नत ज्ञानले हल गरो ,बढ्दो समस्या कुनै
ठानेको नत शिध्द हुन्छ सहजै,लढ्दो छ मान्छे झनै

खाली झुक्नु र लुक्नु मात्र हुनगो,हाम्रो अवस्था यहाँ
हारै हार जताततै छ अबता, राम्रो व्यवस्था कहाँ
मात्रै त्रास छ फैलिँदै न त कुनै, खोजी भयो लायक
केही प्राप्ति भएन आज सजिलै,हिस्सै भयो नायक

सोचे झैं नहुने रहेछ सजिलो, बुझ्ने भएता पनि
गाह्रो हुन्छ सधैं रहस्य बुझ लौ ,जुझ्ने भएता पनि
के गर्ने अब सोच्नु पर्छ सबले,अर्को निकासा कुनै
होला के अब खोज्नु पर्छ सबले,छोडी निराशा झनै

  • एन. पी. खतिवडा 


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.