Naya Media
सोमवार, कार्तिक २४, २०८२
| | November 10, 2025
सोमवार, कार्तिक २४, २०८२

महिलाको लागि पुरुष नै अन्तिम लक्ष्य होइनन्ः अभिनेत्री नीना गुप्ता

User Photo
आइतवार, अशोज १४, २०७५

८० दशकमा चर्चित बलिउड अभिनेत्री नीना गुप्ता पछि निर्माता र निर्देशकको रुपमा पनि सफल भइन् । उनी अहिलेसम्म पनि आफ्नो हट फोटोसुट, अफेयर, नयाँ सोच र अडानको कारण मिडियामा छाइरहन्छिन् र विवादमा पनि तानिन्छिन् ।

नीनाले सँधै फरक धारका फिल्म गरिन् र सफल रहिन् । उनी प्रसिद्ध क्रिकेटर भिभियन रिचार्ड्ससँगको प्रेम सम्बन्धको कारणले चर्चामा रहिन् । उनले विवाह नगरी आमा बनेर छोरी मसाबालाई जन्म दिइन् । यसलाई त्यतिबेलाको भारतीय समाजले पचाउन सकेन र उनको चर्को आलोचना समेत भयो । तर, उनी यस्ता कुराहरुलाई ध्यान नदिइकन अगाडि बढिन् । भिभियनले छोरीलाई आफ्नो नाम त दिए तर नीनालाई पत्नीको दर्जा दिएनन् ।

नीनाले ‘सिंगल मदर’ बनेर छोरीलाई हुर्काइन्, बढाइन् । अहिले उनी फेसन डिजाइनर बनेकी छिन् । पछि सन् २००८ मा नीनाले चार्टर्ड एकाउन्टेन्ट विवेक मेहरासँग विवाह गरिन् ।

नीना स्पष्टवक्ता हुन्, जसको असर उनको करियरमा पनि परेको छ । तर उनी यसबाट कत्ति पनि डगमगाइनन् । अहिले उनी फिल्म ‘बधाई हो’ को प्रमोशनमा छिन् । यस फिल्ममा उनले प्रौढावस्थाामा आमा बनेकी महिलाको भूमिका निभाएकी छिन् । उनीसँग भारतीय अनलाईन पोर्टल गृहशोभाले गरेको अन्तर्वाताको सम्पादित अंश:

यो फिल्म कसरी छनोट गर्नुभयो ?

जब यो फिल्मको कहानी मलाई सुनाइयो, त्यतिखेर नै धेरै राम्रो लाग्यो । लामो समयपछि यति राम्रो स्कृप्ट सुन्न पाएको महसुस गरेँ । र, खेल्न तयार भएँ ।
फिल्म प्रमोशन गर्ने अहिलेको शैली पहिलेको भन्दा कति फरक पाउनुभएको छ ?

त्यतिखेर समय यस्तो थिएन । फिल्म रिलिजअघि हामी पत्रकारलाई बोलाएर आफ्नो अन्तवार्ता लिन आग्रह गथ्र्यौं । अहिले त महिनौं अगाडिदेखि पब्लिसिटी चलिरहन्छ । मलाई यो पनि रमाइलो लागिरहेको छ ।

यो फिल्मको कथाले अहिलेको समाजलाई कति प्रतिबिम्बत गरेको छ ?

मलाई सम्झना आउँछ, सानोमा म दिल्लीमा हुँदा मेरो स्कूलकी उमेर छिप्पिएकी प्रिन्सिपल आमा बन्नेवाला थिइन् । उनले त्यतिबेला जागिर नै छोडिदिएकी थिइन् । स्कूलका बच्चाहरुले के भन्लान् भनेर उनी धेरै डराएकी थिइन् ।

बढी उमेरमा आमा बन्ने कुरालाई तपाईं वास्तविक जीवनमा कसरी लिनुहुन्छ ?

यो प्राकृतिक कुरा हो । यसबाट बचेर तपाईं जान सक्नुहुन्न । आजभोली आईभिएफ वा टेस्टटुयुवबाट बच्चा पैदा गरिन्छ जुन कुरा मलाई खासै राम्रो लाग्दैन । तर, यो प्रविधि बच्चा नहुने दम्पत्तीहरुको लागि भने लागि वरदान हो । धेरै उमेरमा आमा बन्नाले बच्चा र आमाको स्वास्थ्यमा गलत असर पर्न सक्छ । त्यसैले यस्तो निर्णय लिनुअघि धेरै विचार गर्नुपर्छ ।

फिल्म उद्योगमा भएको परिवर्तनलाई तपाईं कसरी लिनुहुन्छ ?

मेरो हिसाबले यो फिल्म उद्योगको स्वर्णकाल हो । म कि चाँडै जन्मिएँ भनेर कहिलेकाँही दुःख लाग्छ । हाम्रो समयमा यस्ता फिल्म नै बन्दैन थिए ।
आज मूख्य भूमिका गर्नको लागि उचाई धेरै हुनुपर्ने, गोरी र अनुहार सुन्दर देखिने हुनैपर्छ भन्ने छैन । आज राम्रो एक्टर हरेक खालको भूमिका निभाउन सक्छन् । मलाई पनि राम्रो भूमिका मिलिरहेको छ ।

अहिलेका आमाबुबा बच्चालाई लिएर धेरै आशावादी छन् । उनीहरु बच्चामाथि आफ्नो इच्छाहरु थोपर्छन् जसको प्रेसरले कहिलेकाहीँ बच्चाहरु डिप्रेसनको

शिकार हुन्छन् । तपाईं यस्ता आमाबाबुलाई के भन्न चाहनुहुन्छ ?

बच्चाको इच्छा हरेक आमाबुबाले बुझ्नुपर्छ । उनीहरु के कुरामा अब्बल छन् त्यो बुझ्न सजिलो छैन । मेरी छोरी मसाबाले फेसन डिजाइनर बन्छु भनेर कहिल्यै सोचेकी थिइन्, तर परिस्थितिको कारण उनले यो कोर्स कोर्स गर्नुपर्यो र राम्रो पनि भयो ।

तपाईंले जे गर्न पाउनु भएन त्यो बच्चाहरुमार्फत गर्न खोज्नु गलत हो । मैले यस्ता कैयौं महिलाहरु देखेको छु जो आँफै अभिनेत्री बन्न सकेनन् तर आफ्नो छोरीलाई अभिनेत्री बनाउन चाहन्छन् ।

अब तपाईंको के गर्ने इच्छा छ ? 

मलाई लेख्ने सोख छ र विपन्न महिलाहरुको लागि केही काम गर्ने चाहना छ । उनीहरुको दुःख देख्दा मलाई निकै पीडा हुन्छ । हाम्रो देशमा गरीब महिला भएर जन्मिनु अभिशाप नै हो जस्तो लाग्छ किनभने महिलाहरु धेरै कुरा सहन्छन् र उनीहरुमा खुलेर अगाडि आएर भन्ने सामर्थ्य छैन ।

यस्ता महिलाहरुलाई के सन्देश दिन चाहनुहुन्छ ?

सबैभन्दा पहिले महिलाहरुले पनि पैसा कमाउने बारेमा सोच्नुपर्छ । पैसा नै सबैथोक हो, त्यसले तपाईं सबैथोक किन्न सक्नुहुन्छ । यहाँसम्म कि प्रेम पनि । यस बाहेक जीवनमा तपाईंको लक्ष्य पुरुषलाई प्राप्त गर्ने हुनु हुँदैन । महिलाको जीवनमा पुरुषको साथ आवश्यक छ तर, पुरुष नै अन्तिम लक्ष्य होइनन् ।


Photo

नयाँ मिडिया डट कम एक्टिभ प्रेस प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सञ्चालक
नोवस मिडिया ग्रुप प्रा.लि.

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

              © 2016 - 2025 | Novus Media Group Pvt.Ltd. | All Rights Reserved.