
काठमाडौंको गोकर्णेश्वरमा आमा-छोरी मृत अवस्थामा फेला परेका छन् । गोकर्णेश्वर नगरपालिका–२ स्थित नयाँपाटी बस्दै आएकी सिन्धुपाल्चोकको जुगल गाउँपालिका घर भएकी २७ वर्षीया पेम्बी शेर्पा र उनकी एक महिनाकी छोरी बिहीबार बिहान मृत अवस्थामा फेला परेको महानगरीय प्रहरी वृत्त बौद्धकाप्रमुख डीएसपी नवीन कार्कीले जानकारी दिए ।
शेपाकी ३२ वर्षीय श्रीमान दोर्जे शेर्पा भने अचेत अवस्थामा फेला परेको डीएसपी कार्कीले बताए । दोर्जेलाई उपचारका लागि नेपाल मेडिकल कलेज पठाइएको जानकारी कार्कीले दिए।
घटनाको प्रारम्भिक अनुसन्धानमा राती सुत्दा हिटर बालेर सुतेका कारण निस्सासिएर उनीहरुको मृत्यु भएको हुन सक्ने देखिन्छ । किरान पसल सञ्चालन गर्दै आएका शेर्पा परिवार बिहान अबेरसम्म पनि नउठेपछि स्थानीयले घटनाबारे प्रहरीलाई जानकारी गराएका थिए ।
स्थानीयले खबर गरे लगत्तै प्रहरीको टोली गएर शेर्पा परिवार बसेको घरको ढोका फोडेर हेर्दा आमाछोरी मृत अवस्थामा फेला परेको र बुवा भने अचेत अवस्थामा फेला परेको डीएसपी कार्कीले बताए ।
‘राति सुत्दा उनीहरूले हिटर बालेका रहेछन्, ‘डीएसपी कार्कीले भने, ‘ झ्याल ढोका सबै बन्द गरेर सुतेका रहेछन् । घटनाको प्रारम्भिक अवस्था हेर्दा उनीहरुको निस्सासिएर मृत्यु भएको हुनसक्छ । तर पनि यही कारणले मृत्यु भएको हो भनेर भन्न सक्ने अवस्था भने छैन । दुवैजनाको शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगंज पठाएका छौं।’
प्रतिक्रिया
बिक्री गर्न तयार भएकाे लाखाैकाे खरबुजा अज्ञात व्यक्ति द्वारा बारीमै काटेर नष्टप्रतिक्रिया
अलपत्र परेकालाई गन्तव्यसम्म पुर्याइदिने कर्णाली प्रदेशकाे निर्णयप्रतिक्रिया
२१ पदक जित्दै छैटाै सगरमाथा अन्तराष्ट्रिय कराते प्रतियाेगितामा नक्साल डाेजाे बन्याे च्याम्पियनप्रतिक्रिया
पालैपालो यौनसम्पर्कपछि हत्या, मोबाइल ‘अन’ भएपछि पत्ता लाग्यो हत्याराप्रतिक्रिया
कोरोना संक्रमण बढ्दै गएपछि कोरिया जाने कामदार पठाउन बन्द