नेपाल प्रहरीले कहिलेकाहीँ अनुसन्धानमा पोख्त अधिकारी र प्रविधिले हार खाएका कतिपय जटिल अपराधका गाँठा कुकुरको सहायताले फुकाएको छ । निर्मला पन्तको हत्या अनुसन्धानमै ‘कुकुर’ प्रयोग गरिएन भन्ने विषयलाई निकै महत्वका साथ उठाइयो । नागरिक घटना अनुसन्धानमा प्रहरीभन्दा कुकुरको बढी विश्वास गर्छन् भन्ने सत्य तथ्यलाई यसले झनै स्पष्ट पा¥यो । उता, कास्की पुम्दीभुम्दीकी दस बर्षीया श्रीया सुनारको हत्यारा कुकुरले नै पत्ता लगायो ।
यसले कुकुरप्रतिको विश्वास झनै बढायो । धेरै यस्ता घटना छन्– जसको रहस्य तालिम प्राप्त कुकुरले पत्ता लगाएको छ । अपराध अनुसन्धानका लागि नेपाल प्रहरीसँग पोलिग्राफ मेसिन, डिजिटल फरेन्सिक ल्याब, डिएनए प्रोफाइलिङ युनिट, अटोमेटिक फिंगर प्रिन्ट आइडेन्टिफिकेसन सिस्टमजस्ता प्रविधि छ । र, यि बाहेक प्रहरीसँग अर्को भरपर्दो विधि छ– ‘कुकुर’को प्रयोग ।
लिजा, रेस्क्यू, सिया, जोली, ब्रुक, जुलेट, भुन्टी, सोल र डेनी अब्बल अनुसन्धान अधिकृत भन्दा पनि अब्बल छन् अपराधि पहिचान गर्न । २०२७ सालमा २ जवानलाई मलेसियामा तालिम गराएर ल्याएपछि नेपाल प्रहरीले कुकुरको प्रयोग गर्न थालेको हो । २०३२ सालदेखि अपराध अनुसन्धानमा कुकुरको व्यवस्थित प्रयोग गर्न थालेको प्रहरीसँग अहिले ८० वटा कुकुर छन् । तीन महिनाको आधारभूत तालिम दिएपछि क्षमताअनुसार वर्गीकरण गरिएका कुकुरलाई अनुसन्धानमा प्रयोग गरिन्छ । रोचक के भने जतिसुकै आधुनिक प्रविधिको विकास र विस्तार भएपनि अपराध अनुसन्धानमा कुकुर प्रयोग झनै बढ्दो छ ।
नेपाल प्रहरीले भारत, थाइल्याण्ड, बेलायत, अमेरिकालगायत देशबाट ल्याइएका विभिन्न प्रजातिका कुकुरका छाउरालाई ६ महिना पुगेपछि तालिम दिन सुरु गर्छ । सुरूमा तीन महिनाको आधारभुत तालिम दिइन्छ । यस अवधिमा कुकुरलाई अनुशासित बनाइने, मान्छेसँग घुलमिल हुन सिकाइन्छ । कुकुरलाई तालिम गराउन सक्षम प्रहरी जवानलाई ‘ह्यान्डल’ गरिन्छ । एउटा कुकुरलाई एक जनाले नै ह्यान्डल गर्छन् । किनकी कुकुरले जसले तालिम दियो उसैको मात्र निर्देशन मान्छ । अपराध अनुसन्धानमा जहाँ–जहाँ कुकुरको प्रयोग भएको छ, त्यहाँ प्रहरीलाई अपराधी पत्ता लगाउन सजिलो भएका उदाहरण अनेकौ छन् ।
नेपाल प्रहरीसँग अहिले ट्रयाकर, एक्सप्लोसिभ, सर्च एण्ड रेस्क्यू र ड्रक्स सर्च गरी चार विधाका कुकुर छन् । सुँघ्ने क्षमता बढी हुने भएकाले अपराध अनुसन्धानमा लगाइने तालिम प्राप्त कुकुरले अपराधी पत्ता लगाउँछ । प्रत्येक मान्छेमा हुने गन्ध फरक–फरक हुन्छ । एक व्यक्तिको औंठा छाप अर्कोसँग नमिलेजस्तै मान्छेको गन्ध पनि कसैसँग मिल्दैन । अपराध भएको ठाउँको सबुत प्रमाणमा भएको गन्ध सुँघेर कुकुरले अपराधमा को व्यक्ति संलग्न छ, पत्ता लगाउँछ ।
घटनास्थलमा कुनै सबुत प्रमाण नछाडे पनि मान्छेको पाइलाको गन्ध सँुघेर कुकुरले अपराधी पत्ता लगाउँछ । कुकुरको इसारा अनुसार ‘ह्याण्डलर’ले अपराधी पक्रन्छन् । प्रहरीका अनुसार गम्भीर प्रकृतिका घटना छानबिनको लागि झण्डै १ सय ६० प्रतिशतले तालिम प्राप्त कुकरको माग बढेको छ । जुन माग धान्न कुकुरको संख्यासँगै केन्द्रीय प्रहरी कुकुर तालिम केन्द्रको क्षमता बढाउन र सेवा विस्तार गर्न जरुरी छ
।
कुकुरको सफलता अनुसन्धान र तालिम
नेपाल प्रहरीमा करिब ७० हजार कर्मचारी छन् । त्यसमध्ये अपराध अनुसन्धानलाई शिघ्र, प्रभावकारी र चुस्त बनाउन प्रहरीले ८० वटा कुकुरको प्रयोग गरिरहेको छ । अपराध अनुसन्धानमा जहाँजहाँ कुकुरको प्रयोग भएको छ, त्यहाँ प्रहरीलाई अपराधी पत्ता लगाउन सजिलो भएको उदाहरण छ ।
मंगलबार पोखराको पुम्दीभुम्दीमा बलात्कारपछि हत्या भएकी श्रेया सुनारको हत्यारालाई प्रहरीको कुकुरले नै फन्दामा पारेको हो । त्यस्तै, शुक्रबार पोखराकै खुदीखोलामा ढुंगाले टाउकोमा हानी हत्या भएकी श्रीमाया गुरुङको अनुसन्धानमा पनि कुकुर नै परिचालन गरिएको थियो । कुकुरले तत्कालै उनकै श्रीमान्ले हत्या गरेको पत्ता लगायो ।
बिहीबार धादिङबाट पोखरा जाँदै गरेको ग १ ख २६७६ नम्बरको बसमा लुकाइछिपाइ ल्याइएको लागूऔषध जाँचको क्रममा कुकुरले कारोबारी फेला पार्यो । यतिमात्रै होइन, पछिल्लो समय विस्फोटक पदार्थ र लागूऔषध पत्ता लगाउन, भीआइपी तथा भीभीआइपीको सुरक्षादेखि ठूला हत्याकाण्ड अनुसन्धानमा कुकुरको प्रयोग भएको छ । तर, कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या भएको पुष्टि भयो । जहाँ अपराधी पत्ता लगाउन कुकुरको प्रयोग भएन, गरिएन । घटनास्थललाई ७२ घण्टासम्म सुरक्षित राखेर कुकुरको प्रयोग गरिएको भए तत्कालै निर्मलाको हत्यारा पत्ता लाग्ने दाबी गर्छिन्, कुकुरलाई तालिम दिँदै आएकी एसपी देउती गुरुङ ।
तालिमप्राप्त कुकुरको प्रयोगले प्रहरी अनुसन्धान सहज भएको भनिरहँदा केही विवादास्पद घटनामा कुकुरको प्रयोग किन गरिएन भन्ने प्रश्न उठ्नु स्वभाविक हो । कुकुरको प्रयोगबाट प्रहरी अनुसन्धान निकै चुस्त भएको प्रहरी अधिकारीहरु स्वीकार्छन् । कुकुरले अतिसुक्ष्म अनुसन्धानमा उल्लेख्य सहयोग पु¥याउँदै आएको उनीहरुको भनाई छ ।
कुकुरलाई अपराध अनुसन्धानका लागि विशेष प्रकारको तालिम दिने गरिन्छ । जसका लागि नेपाल प्रहरीले बेग्लै विभाग नै बनाएको छ ।
कुकुरलाई दिइन्छ तालिम ?
कुकुरको सुँघ्ने क्षमताकै आधारमा तालिम दिने गरिन्छ । मूलतः अपराध अनुसन्धानका लागि कुकुरसँग तीन प्रकारको विशिष्ट गुण हुन्छ । सुघ्नेसँगै हेर्ने र आज्ञाकारी र बफादार स्वभाककै कारण कुकुरलाई अनुसन्धानमा प्रयोृग गर्न सकिने प्रहरी कुकुर तालिम केन्द्रकी प्रमुख एसपी देउती गुरुङ बताउँछिन् ।
अपराध अनुसन्धानमा कुकुरको प्रयोग सार्थक बन्दै गएको छ । नेपाल प्रहरीमा अहिले रहेको ८० वटा कुकुरले जति काम गरिरहेको छ, सङ्ख्या र कुकुरको प्रयोग बढाउने हो भने अपराध अनुसन्धान चुस्त हुने निश्चित देखिएको छ । तर, नेपालमा कुकुरलाई तालिम दिने दक्ष जनशक्तिकै अभाव छ ।