कैलाली लम्किचुहामा कुटपिट गरी युवकको हत्या, तीन जना पक्राउ

काठमाडौं बस्ने तिमिल्सिना दशैं मनाउन घर आएका थिए
शुक्रबार, कार्तिक १४, २०७७, लम्की, कैलाली । 

कैलालीको जानकी गाउँपालिका वडा नम्बर ५ मा बिहिवार राती करिब १० बजेको समयमा अमौरीबाट घर फर्कदै गरेको एक समुह र विपरीत दिशाबाट आइरहेको अर्को समुहबीच भएको वादविवादपछिको झगडामा परेर लम्की चुहा नगरपालिकाका एकजना युवकको मृत्यु भएको ईलाका प्रहरी कार्यालय टीकापुरका प्रहरी निरीक्षक अरुण बमले जानकारी दिनु भयो ।

जानकी गाउँपालिकाको अमौरीबाट घरतर्फ जाँदै गरेका तीनजनासँग रक्सी खाएर आएको समुहले झगडा गरेको श्रोतको भनाई छ । वादविवादकै क्रममा झगडा हुँदा रक्सीले मातिएको समुहले तीनजनालाई कुटपिट र रडजस्तो कडा धातुले प्रहार गर्दा लम्की चुहा नगरपालिका वडा नम्बर ३ का भरत तिमिल्सिनाको मृत्यु भएको हो । उक्त घटनामा परेर गम्भीर घाइते भएका उनलाई लालरत्न अस्पताल लगिएको र उक्त अस्पतालले कोहलपुर रेफर गरेपछि राती नै उपचारका लागि नेपालगन्ज मेडिकल कलेज कोहलपुर लगिएको र उपचारको क्रममा राती नै तिमिल्सिनाको मृत्यु भएको टीकापुर प्रहरीले जानकारी दिएको छ ।

श्रोतका अनुसार तिमिल्सिना दशैं मनाउन काठमाडौंदेखि घर आएका थिए । केही कामले साथीहरुसँग बाहिर निस्किएको उनले काम सकेर घर फर्किने समयमा झगडा हुँदा ज्यान गुमाएका हुन । झगडाका क्रममा अर्को पक्षको प्रहार गर्दा मृतक तिमिल्सिना टाउकोमा गहिरो चोट लागेको बुझिएको छ । तरपनी प्रहरीले यसलाई बाहिर हल्ला फैलिएजस्तो ग्याङ फाइट नभएको दाबी गरेको छ ।

प्रहरीका अनुसार राती नै तीनजनालाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान भईरहेकोले अहिलै केही भन्न नसकिने बताए । पक्राउ पर्नेमा स्थानीय केशव टमट्टा, मानबहादुर चौधरी र समर चौधरी रहेका छन् ।

यो सामाग्री पढेर तपाईलाई कस्तो महसुस भयो ?

नयाँ मिडिया

नयाँ मिडिया डट कम वाचडग मिडिया एण्ड डेप्थ रिपार्टिङ प्रालिद्वारा सञ्चालित नेपाली भाषाको मल्टिमिडिया समाचार पोर्टल हो। यस प्रालि द्वारा चाैविसै घण्टा लाइभ प्रसारण हुने नयाँ रेडियाे र नयाँ टिभी पनि सञ्चालनमा छन । साथै हाम्रा भिडियाे सामाग्रीहरू युट्युव च्यानल नयाँ मिडिया (Naya Media) मा पनि हेर्न सकिन्छ ।

View more articles by: नयाँ मिडिया

नयाँ मिडिया

मङ्लबार, असार २९, २०७८ (July 13, 2021, 8:21 am) मा द्वारा अपराध अन्तर्गत प्रकाशित

प्रतिकृया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *


फेसबुकबाट प्रतिक्रिया

भर्खरै