Naya Media
बिहिबार, असार ११, २०८३
| | June 25, 2026
बिहिबार, असार ११, २०८३

कैलाली लम्किचुहामा कुटपिट गरी युवकको हत्या, तीन जना पक्राउ

काठमाडौं बस्ने तिमिल्सिना दशैं मनाउन घर आएका थिए

User Photo शुक्रबार, कार्तिक १४, २०७७
लम्की, कैलाली ।

कैलालीको जानकी गाउँपालिका वडा नम्बर ५ मा बिहिवार राती करिब १० बजेको समयमा अमौरीबाट घर फर्कदै गरेको एक समुह र विपरीत दिशाबाट आइरहेको अर्को समुहबीच भएको वादविवादपछिको झगडामा परेर लम्की चुहा नगरपालिकाका एकजना युवकको मृत्यु भएको ईलाका प्रहरी कार्यालय टीकापुरका प्रहरी निरीक्षक अरुण बमले जानकारी दिनु भयो ।

जानकी गाउँपालिकाको अमौरीबाट घरतर्फ जाँदै गरेका तीनजनासँग रक्सी खाएर आएको समुहले झगडा गरेको श्रोतको भनाई छ । वादविवादकै क्रममा झगडा हुँदा रक्सीले मातिएको समुहले तीनजनालाई कुटपिट र रडजस्तो कडा धातुले प्रहार गर्दा लम्की चुहा नगरपालिका वडा नम्बर ३ का भरत तिमिल्सिनाको मृत्यु भएको हो । उक्त घटनामा परेर गम्भीर घाइते भएका उनलाई लालरत्न अस्पताल लगिएको र उक्त अस्पतालले कोहलपुर रेफर गरेपछि राती नै उपचारका लागि नेपालगन्ज मेडिकल कलेज कोहलपुर लगिएको र उपचारको क्रममा राती नै तिमिल्सिनाको मृत्यु भएको टीकापुर प्रहरीले जानकारी दिएको छ ।

श्रोतका अनुसार तिमिल्सिना दशैं मनाउन काठमाडौंदेखि घर आएका थिए । केही कामले साथीहरुसँग बाहिर निस्किएको उनले काम सकेर घर फर्किने समयमा झगडा हुँदा ज्यान गुमाएका हुन । झगडाका क्रममा अर्को पक्षको प्रहार गर्दा मृतक तिमिल्सिना टाउकोमा गहिरो चोट लागेको बुझिएको छ । तरपनी प्रहरीले यसलाई बाहिर हल्ला फैलिएजस्तो ग्याङ फाइट नभएको दाबी गरेको छ ।

प्रहरीका अनुसार राती नै तीनजनालाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान भईरहेकोले अहिलै केही भन्न नसकिने बताए । पक्राउ पर्नेमा स्थानीय केशव टमट्टा, मानबहादुर चौधरी र समर चौधरी रहेका छन् ।


Photo

रमित पाण्डे नयाँ मिडिया डट कमका कैलाली सम्बाददाता हुन । उनी समसामयिक राजनैतिक तथा सामाजिक विषयमा कलम चलाउछ्न ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.