प्रहरीको ध्यानाकर्षण

भ्रामक शीर्षक राखेर भिडियो सामाग्री हाल्ने युटुब च्यानललाई कैलाली प्रहरीको ध्यानाकर्षण

मङ्लबार, पुस ६, २०७८, कैलाली । 

कैलाली प्रहरीले जानकी गाउँपालिका–९ का २५ बर्षीय युवा अर्जुन दासको हत्याबारे भ्रामक समाचार प्रशारण गर्ने युटुब संचालक लाई कारबाहीको चेतावनी दिएको छ । मंगलबार प्रेस विज्ञप्ती जारी गर्दै जिल्ला प्रहरी कार्यालय कैलालीले भ्रामक समाचार प्रशारण गर्ने युटयुब सञ्चालक कानूनी कारबाही गर्ने चेतावनी दिएको हो ।

प्रहरी प्रवक्ता बेदप्रकाश जोशीद्धारा जारी विज्ञप्तीमा सुधाखबर, रमाइलो टिभी, निराजन अनलाइन टिभी, वाइबीके अनलाइन खबर, नयाँ खोज नेपाल, वोर्डलिंक च्यानलले दास हत्याबारे भ्रामक समाचार प्रशारण गरेको उल्लेख छ । उक्त च्यानलमा प्रशारण भएका भ्रामक सामाग्री नहटाए कानूनी कारबाही गर्ने जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

हेर्नुहाेस, प्रहरीको प्रेस विज्ञप्ती

यो सामाग्री पढेर तपाईलाई कस्तो महसुस भयो ?

नयाँ मिडिया डट कम वाचडग मिडिया एण्ड डेप्थ रिपार्टिङ प्रालिद्वारा सञ्चालित नेपाली भाषाको मल्टिमिडिया समाचार पोर्टल हो। यस प्रालि द्वारा चाैविसै घण्टा लाइभ प्रसारण हुने नयाँ रेडियाे र नयाँ टिभी पनि सञ्चालनमा छन । साथै हाम्रा भिडियाे सामाग्रीहरू युट्युव च्यानल नयाँ मिडिया (Naya Media) मा पनि हेर्न सकिन्छ ।

View all articles by:

मङ्लबार, पुस ६, २०७८ (December 21, 2021, 8:43 pm) मा द्वारा अदालत / कानुन अन्तर्गत प्रकाशित

प्रतिकृया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *


फेसबुकबाट प्रतिक्रिया

भर्खरै