Naya Media
शुक्रबार, बैशाख ४, २०८३
| | April 17, 2026
शुक्रबार, बैशाख ४, २०८३

फेरी बढ्याे एटिएमबाट झिक्न मिल्ने पैसाकाे सिमा, सुरक्षा गार्ड राख्नै पर्ने नियम पनि हट्याे

राष्ट्र बैंक द्वारा एकिकृत निर्देशिका जारी

User Photo शुक्रबार, पुस १८, २०७६
काठमाण्डाै ।

अव एटिएमबाट एकपटकमा झिक्न मिल्ने पैसाकाे सिमा फेरी २५,००० नै भएकाे छ । राष्ट्र बैंकले बिहीबार एकिकृत निर्देशिका जारी गर्दै पुर्ववत निर्णयमा नै फर्किएको हाे।

एटिएम बुथबाट पैसा लुटिएपछि राष्ट्र बैंकले चाहिनेभन्दा बढि नै कडाइ गरेकाे थियाे । चिनियाँ ह्याकरले पैसा लुटेपछि राष्ट्र बैंकले एक दिनमा १ लाख रुपैयाँ झिक्न पाउने सीमालाई ६० हजारमा झारेको थियो भने एक पटकमा २० हजार मात्रै झिक्न पाइने नियम बनाएकाे थियाे।

एटिएमको सीमा घटेपछि सर्वसाधारणलाई गाह्रो परेको थियो। त्यसपछि एकिकृत निर्देशिकामार्फत राष्ट्र बैंकको भुक्तानी तथा फर्छ्यौंट विभागले नीतिलाई पुरानै अवस्थामा फर्काएको हो।

एटिएम बुथ लुटिएपछि अर्को एउटा अब्यवहारिक निर्णय गरेको राष्ट्र बैंकले त्यसलाई पनि सच्याएको छ। प्रत्येक बुथमा सुरक्षा गार्ड राख्नु पर्ने ब्यवस्था गरिएको थियो। जुन अब नराखे पनि हुने भएकाे छ ।

जबकी त्यहाँ २४सैं घण्टा सिसिटिभी निगरानी हुन्छ। गार्ड राख्ने ब्यवस्थाले बैंकहरुको खर्च बढेको थियो भने त्यो खासै प्रभावकारी पनि भएको थिएन। त्यसैले बिहीबारबाट त्यो निर्णय पनि खारेज गरिएको छ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.