Naya Media
बुधबार, कार्तिक २६, २०८२
| | November 12, 2025
बुधबार, कार्तिक २६, २०८२

नेपालबाट निर्यात हुने बस्तु पनि स्वदेशीभन्दा विदेशी बढी

User Photo
मङ्लबार, चैत्र १०, २०७७
काठमाण्डाै ।

सरकारले वैदेशिक व्यापारघाटा कम गर्न आयात प्रतिस्थापन गरी निर्यात प्रवर्द्धन गर्ने रणनीति लिएको छ । सोहीअनुसार केही वर्षयता आयातमा कमी र निर्यातमा झीनो सुधार हुँदै गएको देखिएको छ । तर, निर्यातमा देखिएको सुधारमा स्वदेशीभन्दा विदेशी वस्तुकै योगदान बढी देखिन्छ ।

निर्यात प्रवर्द्धन नीतिअनुसार तत्कालीन अर्थमन्त्री डा. युवराज खतिवडाले आर्थिक वर्ष २०७५÷७६ को बजेटमा आयात रोक्न करमा व्यापक वृद्धि गर्ने, निर्यातयोग्य वस्तुको कच्चा पदार्थको आयातमा भन्सार छूट दिनेजस्ता व्यवस्था गरे । त्यसयता वर्तमान सरकारले तीनओटा बजेट ल्याइसकेको छ भने चौथो बजेट निर्माणको तयारीमा जुटेको छ । तर, अहिलेसम्म नेपाली वस्तु निर्यातका लागि उत्पादनकै वातावरण बन्न सकेको छैन । स्वदेशी उत्पादनको प्रवर्द्धन गर्न नसकेकै कारण निर्यात वृद्धिमा विदेशी उत्पादनमै भर पर्नु परेको छ ।

भारतीय बजारमा माग पनि भएको र निर्यात गर्न पनि सहज भएपछि नेपाली व्यवसायीहरूले इन्डोनेशिया, थाइल्यान्ड र मलेशियालगायत मुलुकबाट कच्चा पाम आयात गरेर प्रशोधन गरी भारत निकासी गर्ने गरेका थिए । भारतले तीती देशबाट पाम तेल आयातमा लगाएको प्रतिबन्धको फाइदा उठाएर नेपाली व्यवसायीहरूले कच्चा पाम आयात गरी प्रशोधन गरी निर्यात ह्वात्तै बढाएका थिए ।

यो समाचार आजको आर्थिक अभियान दैनिकमा छ ।


Photo

नयाँ मिडिया डट कम एक्टिभ प्रेस प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सञ्चालक
नोवस मिडिया ग्रुप प्रा.लि.

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

              © 2016 - 2025 | Novus Media Group Pvt.Ltd. | All Rights Reserved.