Naya Media
आइतवार, असार ८, २०८२
| | June 22, 2025
आइतवार, असार ८, २०८२
Advertisement

काठमाडौंका एसएसपी भन्छन्, ‘ढुक्क भएर दशैं मान्न जानुस्,घर–डेराको सुरक्षा हामी गर्छौं’

User Photo
आइतवार, अशोज १४, २०७५

दशैं, तिहार र छठपर्वको समयमा सुरक्षा चुनौती बढ्ने सुरक्षा विश्लेषणसहित प्रहरीले काठमाडौं भित्रिने नाकाहरुमा कुकुरसहितको सुरक्षा जाँच गर्ने भएको छ ।

आईतबार महानगरीय प्रहरी परिसरमा पत्रकार सम्मेलन गरेर काठमाडौं प्रहरी प्रमुख (एसएसपी) बसन्त लामाले काठमाडौंका ३० स्थानमा एम्बुसिङ र निगरानी गर्दै काठमाडौं भित्रिने नाकाहरुमा चेकजाँच कडाई गरिने बताए ।


advertisement

‘नाकाहरुमा डग सहितको चेकजाँच गर्छौ’ उनले भने, ‘दशैं–तिहार र छठपर्वको अवसरमा हुनसक्ने सुरक्षा चुनौतिलाई सामना गर्न हामीले चुस्त खालको सुरक्षा योजना बनाएका छौं ।’

चाडपर्वलक्षित अपराधका घट्ना न्युनिकरण गर्न काठमाडौं जिल्लामा मात्रै कुल ३ हजार ५ सय ३५ प्रहरी परिचालन गरिने बताइएको छ । काठमाडौं बसेर दशैं–तिहार मनाउनेहरु र काठमाडौंका डेरा–कोठामा आफ्नो सम्पत्ति छाडेर पुख्र्यौली थातथलोतर्फ दशैं मनाउन जानेहरुलाई प्रहरीले ढुक्क रहन आग्रह गरेको छ ।

काठमाडौंको घर तथा डेराहरु तोडफोड हुने र चोरी हुनसक्ने चुनौतीलाई सामना गर्न प्रहरी तयार रहेको उल्लेख गर्दै एसएसपी लामाले भने, ‘व्यक्तिका घर डेरा तथा सरकारी कार्यालय र धार्मिक अनुष्ठानहरुको सुरक्षाका लागि मजबुद योजना बनाएका छौं ।’

गुम्बा, मन्दिर, व्यापारिक प्रतिष्ठान तथा आर्थिक कारोबार हुने बैंक तथा वित्तिय संस्थाहरुमा हुनसक्ने सम्भाव्य अपराध न्यूनिकरण गर्न त्यस्ता स्थानहरुमा सादा पोशाक तथा बर्दिमा प्रहरी परिचालन गरिने बताइएको छ । त्यस्तै विशिष्ठ ब्यक्तिहरुको बासस्थान र यातायात सञ्चालन हुने स्थानहरुमा हुनसक्ने चोरी, ठगी तथा गहना लुटपाटको सम्भाव्यता आंकलन गर्दै त्यस्ता स्थानीयहरुलाई काठमाडौं प्रहरीले विशेष निगरानीमा राखेको छ ।

प्रहरीले आपराधिक गतिविधि भइरहने ‘हटस्पोट’ लाई विशेष निगरानी गर्दै होटल तथा गेष्ट हाउसहरुमा शर्च अपरेशननै चलाउने भएको छ ।

‘लङ तथा सर्च पट्रोलिङ गरेर जनतालाई आफु सुरक्षित भएको अनुभूति दिलाउँछौं’ प्रहरी बरिष्ठ उपरिक्षक लामाले भने, ‘काठमाडौंलाई १४ क्षेत्रमा विभाजन गरेर ६० स्थानबाट प्रहरीको पैदल गस्तिको व्यवस्था मिलाएका छौं ।’

प्रहरीले दशैं–तिहार तथा छठ पर्वका लागि बनाएको विशेष योजनाअनुसार हतियारसहित ५३ वटा मोटरसाईकलबाट गस्ती गरिनेछ । सुचना संकलनका लागि ७० स्थानमा सादा पोशाकका प्रहरी खटिनेछन् ।

‘यात्रुहरुलाई समस्या पर्न सक्ने काठमाडौंका १० ओटा टिकट काउण्टरमा नागरिक सहायता कक्ष राखेका छौं’ प्रहरी बरिष्ठ उपरिक्षक लामाले भने, ‘नागरिक सहायता कक्षमा २ जनाको दरले २४ सै घण्टा प्रहरीले नागरिकलाई परेको समस्यामा सहयोग गर्नेछन् ।’

त्यस्ता नागरिक सहायता कक्षहरु कलंकी, बल्खु, सुन्धारा, पुरानो बसपार्क, नयाँ बसपार्क, गोंगबु, गौशाला, चावहिल, कोटेश्वर र हलचोकमा राखिने बताईएको छ ।


Photo

नयाँ मिडिया डट कम एक्टिभ प्रेस प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


सञ्चालक
एक्टिभ प्रेस प्रा.लि.

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

nayamedia.com@gmail.com

© 2016 - 2025 Active Press Pvt.Ltd. All Rights Reserved.