Naya Media
सोमवार, बैशाख ७, २०८३
| | April 20, 2026
सोमवार, बैशाख ७, २०८३

विदेशमा सिकेको सिप स्वदेशमै सदुपयोग- लम्की चुहा- ४ कौवापुरमा चप्पल उद्योग संचालन

User Photo बुधबार, माघ ७, २०७७
लम्की, कैलाली ।

कैलालीको लम्किचुहा ४ कौवापुरमा चप्पल उद्योग संचालनमा आएको छ । करिव ३० लाख लागतमा चप्पल उद्योग संचालनमा आएको हो ।

विगत लामो समय देखि भारतमा काम गर्दै आउनु भएका मीन बहादुर भण्डारी र लोकेश साउदको सन्युक्त लगानीमा चप्पल उद्योग संचालन गरेको संचालक मध्यका एक मीन बहादुरले बताउनु भयो ।

भारतबाट कच्चा पदार्थ ल्याएर चप्पल बनाउनका लागि आवश्यक पर्ने मेसिनहरु राखेर अहिले चप्पल भन्न सुरु भइ सकेको छ ।

अहिले बजारमा पाईने मुल्य भन्दा आफुहरुले बनाउने चप्पल सस्तो,टिकाउ,क्वालिटिमा पनि दम रहेको र साईज,उमेर अनुसार महिला,पुरुष,बालबालिका,बृद्ध बृद्दा सबैका लागि चप्पल बनाउने गरेको संचालक द्वयको भनाइ छ ।

आफुले भारतमा करिब २० बर्ष बिताएको अनुभव सुनाउदै मिनबहादुरले प्रदेशमा हेपिएर काम गर्नु पर्ने तितो अनुभव सुनाउनु भयो ।

राम्रो क्वालिटी दिन सकेमा चप्पल उद्योगमा राम्रो सम्भावना रहेको मीन बहादुर बताउनु हुन्छ ।भारत माहाराष्टमा आफुले सिकेको सीप अब आफ्नै ठाउँमा प्रयोग गर्ने अर्का संचालक लोकेश साउदले बताउनु भयो । सधै बिदेश जानु भन्दा स्वदेशमै केही गर्न साउदले युवाहरु लाई आग्रह गर्नु भयो ।

बिदेश बाट सीप सिकेर आएका युवाहरूलाई लक्षित गरि स्थानिय सरकारले पनि उद्यमसिलताका विभिन्न कार्यक्रम ल्याउने योजना बनाई रहेको हुँदा स्वदेशमै केही गर्ने युवाहरुलाई नगर सरकारले सहयोग गर्ने लम्की चुहा नगरपालिकाकि उप प्रमुख टीका थापाले बताउनु भयो ।

विदेशीने युवाहरुलाई स्थानिय सरकारले मात्र रोक्न नसक्ने हुनाले तिनै तहको सरकार र माथिल्लो तहका नेतृत्वले पहल गर्न जरुरी रहेको बताउदै देशमा कम्तिमा पनि ५ वर्ष टिक्ने स्थिर सरकारको खाचो रहेको थापा बताउनु हुन्छ ।

स्वदेशमा केही छैन स्वदेशमै केही गर्न सकिदैन भनेर प्रदेश जानू सट्टा सम्भावनाको पहिचान गरेर आफ्नै गाउँ ठाउँमा मेहनत गर्ने हो भने रोजगारीका लागि कुनै पनि युवाले विदेशिनु नपर्ला त्यसैले आफ्नै ठाउँमा केही उद्धम गरेर आफ्नै देश समृद्धि बनाउन युवाहरु जुटन जरुरी छ ।


Photo

रमित पाण्डे नयाँ मिडिया डट कमका कैलाली सम्बाददाता हुन । उनी समसामयिक राजनैतिक तथा सामाजिक विषयमा कलम चलाउछ्न ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.