Naya Media
बिहिबार, जेष्ठ १४, २०८३
| | May 28, 2026
बिहिबार, जेष्ठ १४, २०८३

महानगरले घोडा जंगलमा छाड्न लग्यो

जनप्रतिनिधिले नियन्त्रणमा लिए

User Photo शुक्रबार, भदौ २७, २०७६
काठमाण्डाै ।

थलैया।वीरगन्ज महानगरपालिकाले पूर्वपश्चिम राजमार्ग अन्तर्गत बाराको पथलैयास्थित जंगलमा छाड्न लागेको घोडा जनप्रतिनिधि र स्थानियले नियन्त्रणमा लिई प्रहरीलाई बुझाएका छन् ।

वीरगन्ज महानगरपालिकाको गाडीमा राखेर ल्याइएका पाँच वटा घोडा जीतपुरसिमरा उपमहानगरपालिको क्षेत्रभित्र पर्ने जंगलमा छाड्न लागेको अवस्थामा नियन्त्रणमा लिइएको हो ।

पथलैयादेखि पाच किलोमिटर पूर्वतर्फको जंगलमा छाड्न लागेको अवस्थामा जीतपुरसिमरा उपमहानगरपालिका–१ का अध्यक्ष हिराबहादुर गुरुङ, वडा नं. १६ का अध्यक्ष केदारनाथ बजगाईसहित स्थानीयले नियन्त्रणमा लिएका हुन् । घोडासहितको महानगरपालिकाको ना १ ग ७१३ नम्बरको जिप जनप्रतिनिधि र स्थानीयले पथलैयास्थित प्रहरी चौकीमा बुझाएका छन् ।

महानगरपालिकाको कान्जी हाउसमा राखिएका घोडा लिन सम्बन्धित व्यक्ति नआएकाले जंगलमा छाड्न लागिएको पत्र चालकले जनप्रतिनिधिलाई देखाएका छन् । आफ्नो नगरभित्रको पशुचौपाया नगरभित्रै नगरेर अन्यत्र छाड्न ल्याउनु गलत भएको वडाअध्यक्ष गुरुङले बताए।

जंगलमा छाडिएका घोडा सडकमा निस्केर थुप्रै दुर्घटना भइरहेको भन्दै गुरुङले पशुचौपायाको व्यवस्थापन आफ्नै नगरभित्र गर्न आग्रह गरे। यसअघि पनि वीरगन्जबाट घोडा, गाइगोरु ल्याएर छाड्ने गरेको गुरूङको भनाइ छ । वडा नम्बर १६ का अध्यक्ष बजगाईले एउटा नगर सुन्दर बनाउनका लागि अर्को नगरलाई फोहोर बनाउन खोज्नु राम्रो पक्ष नभएको बताए ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.