
कैलालीको मोहन्याल -३ राँगामलेखामा नदि तर्ने क्रममा एक जना कर्णाली नदिमा बेपत्ता भएका छ्न । राँगामलेखा निवासी धर्म सिङ बिक (लटे बाजे ) कर्णाली नदि तर्ने क्रममा बेपत्ता भएको स्थानीयले बताएका छ्न ।
गत वर्ष सोहि ठाउमा डुङ्गा डुबेर १० जना बेपत्ता भएका थिए । उक्त ठाउँमा मानिसहरु वारपार गर्न अहिले पनि वारपार गर्न डुङ्गा प्रयोग गर्ने गर्दछ्न ।
उक्त ठाउमा झोलुङ्गे पुल निर्माण कार्य अगाडि बढेको भएपनि ठेकेदार कम्पनिको लापर्वाहिले पुल निर्माण हुन ढिला भइ रहेको छ ।