प्रदेश- १

स्थानिय भन्छन्- चिया बगानमा काम गराउदा हामीलाई जाेखिम बढ्छ

लकडाउनमा कामदारलाई विना सुरक्षा काम गर्न लगाएर नेपाल चिया बिकास निगम अन्तर्गतको बर्ने चिया बगान यतिबेला विवादमा छ। देश लकडाउनमा भएपनि कृषिजन्य सामाग्री, खाद्यान्न, औषधोपचार लगायतका अत्यावश्यक क्षेत्रहरु खुल्ला राख्ने सरकारको निर्णयसगै बगानमा सबैखाले चहलपहल शुरु भएको हाे।

एक साता अघि प्रदेशको भुमी व्यवस्था तथा सहकारी मन्त्रालयले बगान खोल्न दिनु भन्दै स्थानीय निकाय र बगान मालिकहरुलाई परिपत्र गर्यो। पत्रमा बगानमा कामगर्ने श्रमिकहरुको स्वास्थ्यमा असर नपर्ने गरी स्थानीय निकायसँग समन्वय गर्दै काम सुचारु गर्नु भन्ने ब्यहोरा उल्लेख थियो।

तर साङ्हाई ग्रुपले मनोमानि ढङ्गबाट बिना समन्वय काम गरेको भन्दै काम शुरु भएको केहि समयमै काम ठप्प भयो। बुद्धशान्ती गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, प्रशासकीय अधिकृत लगायत स्थानीयको भेलाले श्रमिकहरुलाई आवश्यक परे गाउँपालिकाले नै राहत उपलब्ध गराउने तर यस्तो जोखिमपूर्ण अवस्थामा काम लगाउन नहुने निष्कर्षमा पुगे।

एक साता लगत्तै साङ्हाई ग्रुपले आवश्यक मापदण्ड पूरा गरि गाउँपालिकासँग समन्वय गर्दै श्रमिकहरुलाई काममा फर्काएको बतायो। अब पनि काम गर्न नपाए, यो बर्ष बगानको उत्पादन ठप्प हुने बगानले बताउदै आएको छ।

बगान आसपास बस्नेहरु २ खेमामा बिभाजित छन्। एकथरी, बगानमा कामगर्दा जोखिम बढ्ने भएकाले काम रोक्नुपर्ने तर्क राख्छन् भने अर्काथरी बगान सुचारु गर्नुपर्छ भन्छन्।

यसैबीच हामिले सोही क्षेत्रका स्थानिय संग किन काम गराउदा जाेखिम छ भनी साेधेकाछाै । शिक्षक मुनाराज शेर्मा यस्ताे भन्छन्-

हेर्नुहाेस भिडियाे

यो सामाग्री पढेर तपाईलाई कस्तो महसुस भयो ?

विष्णु लामिछाने

नयाँ मिडिया डट कम वाचडग मिडिया एण्ड डेप्थ रिपार्टिङ प्रालिद्वारा सञ्चालित नेपाली भाषाको मल्टिमिडिया समाचार पोर्टल हो। यस प्रालि द्वारा चाैविसै घण्टा लाइभ प्रसारण हुने नयाँ रेडियाे र नयाँ टिभी पनि सञ्चालनमा छन । साथै हाम्रा भिडियाे सामाग्रीहरू युट्युव च्यानल नयाँ मिडिया (Naya Media) मा पनि हेर्न सकिन्छ ।

View all articles by
आइत, बैशाख १४, २०७७ (April 26, 2020, 4:17 pm) मा द्वारा प्रदेश नं- १ अन्तर्गत प्रकाशित

प्रतिकृया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *


फेसबुकबाट प्रतिक्रिया

भर्खरै