Naya Media
बिहिबार, बैशाख १०, २०८३
| | April 23, 2026
बिहिबार, बैशाख १०, २०८३

कैलालीको मुक्त कमैया बस्तिमा ११५ घरधुरीलाई राहत सामाग्री बितरण

User Photo शुक्रबार, चैत्र २१, २०७६
काठमाण्डाै ।

कैलालीको लम्किचुहा नगरपालिका वडा नम्बर १ को एकता नगर सिवर मुक्त कमैया बस्तिमा ११५ घरधुरीलाई आज राहत सामाग्री बाडिएको छ । सिर्जनसिल नेपालको आयोजनामा लक डाउनको बेला घरमा अन्न नभएर समस्या हुदा परेको बेला दिनभर मजुदुरी गरि खानेहरुको घरमा बिदेशमा वस्ने नेपालिहरुले पठाएको रकम बाट ११५ घर धुरीलाई चामल, दाल, तेल, नुन बितरण गरेको सामाजिक अभियान्ता जनक सुनारले जानकारी दिनु भयो । बस्तिमा प्रत्येक घरमा २० किलो चामल,एक किलो दाल नुन तेल लगायत वितरण गरेको अर्का अभियान्ता प्रकाश बिष्टले बताउनु भएको छ ।

सामाजिक अभियान्ता जकन सुनारले भने रोगले मर्नु र भोक मर्नुमा मृत्युको मूल्य कति फरक हो ? कि उस्तै हो । सोच्नुस त यहाँ रोग संगसंगै भोकको महामारी पनि सुरु भयो । आउनुहोस आफू पनि बाचौ अरुलाई पनि बचाऔ सकेको सहयोग गरौ । यहि नै ठूलो धर्म, कर्म हो भन्नू भयो ।अर्थ जस्तो लगाएपनि परेको बेला साचो मनले सहयोग गर्नेहरु महान भएको अभियान्ता प्रकाश बिष्टको भनाई छ । एक अर्कालाई समस्या पर्दा एक हुनु पर्नेमा अभियान्ता उदय भाटको जोड थियो ।

सुमन रेग्मीले अष्ट्रेलियाबाट ५४ हजार ६ सय पचास,नेत्र बस्नेत बेलायत बाट ४० हजार, ईजराईल बाट सुनिता गुरुङले २० हजार र युवा समाजसेवी अरुण चौधरीले ३०० किलो चामल सहयोग गर्नु भएको थियो ।
राहत वितरण कार्यक्रममा युवा समाजसेवी अरुण चौधरी,ललित जैशी लगायतकाको उपस्थिती रहेको थियो । राहत पाउँदा स्थानीयहरुले केही दिनको लागि खानको समस्या नहुने भन्दै खुशी ब्याक्त गरे भने सहयोग गर्ने हरुलाई धन्यवाद दिएका छ्न ।


Photo

रमित पाण्डे नयाँ मिडिया डट कमका कैलाली सम्बाददाता हुन । उनी समसामयिक राजनैतिक तथा सामाजिक विषयमा कलम चलाउछ्न ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.