काेराेना संक्रमण राेक्न सरकारले वैदेशिक नाका बन्द गर्दै देशभर लक डाउनकाे घाेषणा गरेपछि कैलालीकाे दक्षिणपूर्वि सिमा नाकामा शसस्त्र प्रहरीले कडाई गरेकाे छ ।
शसस्त्र प्रहरी बल विआेपि खक्राैलाका इन्चार्ज चन्द्रदेव भट्टका अनुसार दुई देश बिचकाे आवागमनमा बन्देज गर्न दैनिक गस्ति बढाइएकाे छ ।
सिमानाकाे खक्राैला, कालाकुण्टा, माेरियाघाट र श्रीलंकामा १०/१० जनाकाे अस्थायी पाेष्ट स्थापना गरियकाे छ । “एक पाेष्टबाट अर्काे पाेष्ट देखिने गरि सुरक्षा उपस्थिति गराइएकाे इन्चार्ज भट्टले बताउनु भयो ।
अहिले दुबै देशमा लकडाउन कायम रहेकाेले आवत जावत पुर्ण बन्द गरिएकाे उहाँको भनाई छ ।
