Naya Media
शुक्रबार, बैशाख ४, २०८३
| | April 17, 2026
शुक्रबार, बैशाख ४, २०८३

लम्कीमा यातायात कार्यालय स्थापनाका लागि मन्त्रालयलाई ज्ञापन पत्र

लम्किमा यातायात कार्यालय बिस्तार नभए आन्दोलन गर्ने चेतावनी

User Photo सोमवार, साउन १२, २०७७
लम्की,कैलाली ।

कैलालीको लम्कीमा यातायात व्यवस्था सेवा कार्यालयको माग गर्दै लम्की क्षेत्रका अगुवाहरुले प्रदेशका भौतिक पुर्वाधार विकास मन्त्री पठानसिह वोहरालाई ज्ञापन पत्र बुझाएका छन्।
सोमबार धनगढीस्थित मन्त्रालय पुगेको लम्कीको टोलीले यातायात ब्यबस्था सेवा कार्यालय स्थापनाका लागि लम्की नै उपयुक्त रहेको भन्दै मन्त्रीलाई ज्ञापन पत्र बुझाएको हो।
यातायात कार्यालय स्थापनाका लागि गठित संघर्ष समितिका संयोजक जयरुप बुढाको नेतृत्वको टोलिमा नेपाल सरकारका पूर्व मन्त्री भीमबहादुर कडायत, लम्की उद्योग वाणिज्य संघ लम्किका अध्यक्ष पदम चौलागाईं,लभ शाही,विष्णु खनाल लगायत लम्की क्षेत्रका करिव २० जना टोलिमा आएका थिए । टोलिमा त्यस क्षेत्रका राजनीतिक दलका प्रतिनिधि,उद्योग ब्यबसायी, यातायात ब्यवसायी, शिक्षक लगायतको सहभागिता रहेको थियो । ज्ञापन पत्र बुझ्दै मन्त्री बोहराले तत्काल यातायात कार्यालय यो ठाउँमा राख्ने निधो नभएको तर आफुहरु बिस्तार गर्ने योजनामा चाहिँ रहेको बताउनु भयो ।


Photo

रमित पाण्डे नयाँ मिडिया डट कमका कैलाली सम्बाददाता हुन । उनी समसामयिक राजनैतिक तथा सामाजिक विषयमा कलम चलाउछ्न ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.