Naya Media
शनिबार, बैशाख ५, २०८३
| | April 17, 2026
शनिबार, बैशाख ५, २०८३

नेपाल बिद्युत प्राधिकरण लम्की ट्रान्सर्फमरमा समस्या,२ दिन बिद्युत आंशिक अवरोध हुने

User Photo शुक्रबार, साउन २२, २०७८
कैलाली ।

 बिद्युत प्राधिकरण सब स्टेशन लम्कीबाट प्रवाह हुने बिद्युत सेवामा आंशिक अवरोध हुने भएको छ । १३२/३३ के.भि १५ एम.भि.ए ट्रान्सफर्मर– २ मा समस्या देखिएर ट्रान्सफर्मर– १ बाट जम्मै सेवा प्रवाह गर्दा सबै लोड धान्न नसक्ने भएकाले २ दिन सम्म बत्ती आउने जाने हुने भएको हो ।

लम्की,टीकापुर,जोशिपुर र राजापुर सव-स्टेशनबाट बितरण हुने बिद्युत लाइनको आवश्यकता अनुसार प्रभाह हुने बिद्युत आंशिक रुपमा अवरोध हुने लम्की सबस्टेशनले सुचना जारी गर्दै जानकारी दिएको छ । साथै यस क्षेत्रका उद्योग ब्यवसायीहरुले बेलुकी ५ बजे देखी राती १० बजे सम्म उद्योग धन्दाहरु सञ्चालन नगरिदिन नेपाल बिद्युत प्राधिकरण सबस्टेशन लम्कीले आग्रह गरेको छ ।

समस्या देखिएको ट्रान्समिटर मर्मतका लागी काठमाण्डौबाट प्राबिधिक टोली आईरहेको नेपाल बिद्युत प्राधिकरण सबस्टेशन लम्कीले जानकारी दिएको छ ।

तर बिद्युत प्राधिकरणले कति बेला लाईन काटने भन्ने तालिका दिएको छैन ।


Photo

रमित पाण्डे नयाँ मिडिया डट कमका कैलाली सम्बाददाता हुन । उनी समसामयिक राजनैतिक तथा सामाजिक विषयमा कलम चलाउछ्न ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.