
बिद्युत प्राधिकरण सब स्टेशन लम्कीबाट प्रवाह हुने बिद्युत सेवामा आंशिक अवरोध हुने भएको छ । १३२/३३ के.भि १५ एम.भि.ए ट्रान्सफर्मर– २ मा समस्या देखिएर ट्रान्सफर्मर– १ बाट जम्मै सेवा प्रवाह गर्दा सबै लोड धान्न नसक्ने भएकाले २ दिन सम्म बत्ती आउने जाने हुने भएको हो ।
लम्की,टीकापुर,जोशिपुर र राजापुर सव-स्टेशनबाट बितरण हुने बिद्युत लाइनको आवश्यकता अनुसार प्रभाह हुने बिद्युत आंशिक रुपमा अवरोध हुने लम्की सबस्टेशनले सुचना जारी गर्दै जानकारी दिएको छ । साथै यस क्षेत्रका उद्योग ब्यवसायीहरुले बेलुकी ५ बजे देखी राती १० बजे सम्म उद्योग धन्दाहरु सञ्चालन नगरिदिन नेपाल बिद्युत प्राधिकरण सबस्टेशन लम्कीले आग्रह गरेको छ ।
समस्या देखिएको ट्रान्समिटर मर्मतका लागी काठमाण्डौबाट प्राबिधिक टोली आईरहेको नेपाल बिद्युत प्राधिकरण सबस्टेशन लम्कीले जानकारी दिएको छ ।
तर बिद्युत प्राधिकरणले कति बेला लाईन काटने भन्ने तालिका दिएको छैन ।