Naya Media
शुक्रबार, बैशाख ४, २०८३
| | April 17, 2026
शुक्रबार, बैशाख ४, २०८३

कोभिड १९ खोपका लागि समुदाय परिचालन परियोजना अन्तर्गत नगरपालिका स्तरीय बैठक सम्पन्न

User Photo शुक्रबार, भदौ १०, २०७९
काठमाण्डौ ।

कोभिड १९ खोपका लागि समुदाय परिचालन परियोजना अन्तर्गत नगरपालिका स्तरीय inception बैठक सम्पन्न भएको छ । GIZ को आर्थिक सहयोग तथा व्याकवार्ड सोसाइटी एजुकेसन (वेस) को सहकार्य तथा लम्कीचुहा नगरपालिकाको समन्वयमा कार्यक्रम सम्पन्न भयको छ ।

कार्यक्रमको उदेश्य तथा क्रियाकलापको बारेमा जानकारी दिदै परियोजनाका संयोजक लक्ष्मण चौधरीले कार्यक्रमबाट कोभिड १९ खोपको दायरा बढाउने उदेश्य रहेको बताउनु भयो साथै उहाँले पालिकाका स्वयंसेविकालाई यस कार्यक्रम सम्बन्धि तालीम दिएर खोप लगाउन छुटेका ठाउँमा ३ वटा शिबिर संचालन गर्ने बताउनु भयो । दशै तिहारको समयमा धेरै जस्तो मान्छेहरु बाहिरबाट गाउँ घरमा आउने भएकोले यहि समयमा अभियान चलाउने बताउनु भयो । उक्त कार्यक्रममा सहभागी हरुले कोभिड १९ खोपको दायरा कसरी बढाउन सकिन्छ भन्ने कुरामा सल्लाह सुझाव दिनु भएको थियो । पालिकाका स्वयम् सेविकालाई तालीम दिने, तालीम पछि उहाँहरुलाइ परिचालन गर्ने, त्यस पछि खोप लगाउन छुटेका ठाउँको पहिचान गर्ने, ठाउँ पहिचान गरे पछि उक्त ठाउमा शिबिर संचालन गर्ने उदेश्य रहेको छ ।
कार्यक्रममा व्याकवर्ड सोसाइटी एजुकेसन (वेस) का जिल्ला अध्यक्ष रामरसी चौधरी तथा वेसको क्षेत्र न ३ का अध्यक्ष रामजनम चौधरी र क्षेत्र न ५ का सचिव सुनिल कार्की सहभागी हुनुहुन्थ्यो साथै लम्किचुहाका विभिन्न वडाका वडा अध्यक्ष , स्वास्थ शाखाका इन्चार्ज लगायत अन्यको सहभागिता रहेको थियो ।


Photo

रमित पाण्डे नयाँ मिडिया डट कमका कैलाली सम्बाददाता हुन । उनी समसामयिक राजनैतिक तथा सामाजिक विषयमा कलम चलाउछ्न ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.