Naya Media
बिहिबार, असार ११, २०८३
| | June 25, 2026
बिहिबार, असार ११, २०८३

कैलालीको मोहन्याल गाउँपालिकाका कार्यबाहक गाउँपालिका अध्यक्ष कमल साउदका १०० दिन

User Photo सोमवार, भदौ १३, २०७९
काठमाण्डौ ।

कैलालीको मोहन्याल गाउँपालिकाका कार्यबाहक गाउँपालिका अध्यक्ष कमल साउदले आफुले गाउँ पालिकाको उपाध्यक्षको रुपमा सपथ लिएको दिन देखि १०० दिनको अवधीका गरेका काम हरु सार्वजनिक गर्नु भएको छ । गत जेठ १२ गते उनले गाउँपालिका उपाध्यक्षको रुपमा सपथ लिनु भएको थियो ।

गर्न लागेका बजेट छुट्याएका केही कामहरु
१. गर्भवती महिला तथा जेष्ट नागरिक लाई नजिकको हस्पिटल पुग्नको लागी निःशुल्क एम्बुलेन्सको व्यवस्था
२. अभिभावक विहिन बालबालीका लाई पढाई खर्च पोसाक खर्च पालीकाले बेर्हाेने
३. महिलालाई उद्यमशील बनाउनको लागि प्याड बनाउन तालीम र मेसिन दी उत्पादन भएको प्याड पालीकाले खरिद गरी सहयोग गर्ने
४. कूषि बीमा पशु बीमा अनुदान प्रशिक्षण लगायतका कुरा किसान लाई कार्ड मार्फत गर्न
५. जनताका समस्या तत्काल समाधान गर्नको लागि निःशुल्क टेलीफोन नम्बर हेलो उपाध्यक्ष कार्यक्रम सुरु गर्न

१०० दिनका अनुगमन
१. १ देखि ७ वडाका योजना अनुगमन
२. सिमली खिमडी पिच रोड अनुगमन
३. चिसापानी सोल्टा सडक अनुगमन
४. सोल्टा तामचा हुदैँ खिमडी सम्मको सडक प्रविधिक सहितको टोली सित अनुगमन
५. पितमारी पिकनिक हप बनाउनको लागी विशेष अनुगमन
६. चोसेकाडा सम्भावित प्रटकिय क्षेत्रको अनुगमन
७. मोहन्याल  वडा नम्बर ४ को पट्रेनी लगाएत ठुलिगाडा प्रभावित क्षेत्रको अध्ययन तथा अनुगमन

सिलान्यास गरेका कामहरु
१. मोहन्याल ६ सोल्टाको दश सैयाको हस्पिटलको सिलान्यास गरियो
२. मोहन्याल ७ बढिगाउँमा रहेको  त्रिवेणी मा.वि को चार कोठे भवनको सिलान्यास गरियो
१०० दिनमा भेटघाट
१. प्रदेश आन्तरिक मामीला तथा कानुन मन्त्री रण बहादुर रावल
२. प्रदेश भौतिक पूर्वाधार मन्त्री दीर्घ सोडारी
३. सामाजिक विकासका राज्य मन्त्री टेक बहादुर रैका
४. प्रधानमन्त्री शेर बहादुर देउवा
५. सुदुरपश्रिम प्रादेशिक विदुत कार्यालयका प्रमुख जंग बहादुर चन्द सित भेटघाट
६. कुलमान घिसिङ सित भेटघाट
७. संञ्चार तथा सुचना मन्त्री ज्ञानेन्द्र बा कार्की सित भेटघाट
८. स्वास्थ्य सेवा विभागका महानिर्देशक दिपेन्द्र रमण सिहं सित भेटघाट
९. नेपाली काँगे्रसकी केन्द्रय सदस्य डा. आरजु राण देउवा सित एन.जि.ओ भित्राउनको लागी भेटघाट
१०.रंगशाला निर्माणको लागी युवा तथा खेलकुद मन्त्री ज्यू सित भेटघाट
११. गृह मन्त्री ज्यू लाई भेटी मोहन्याल ७ मा अस्थाई प्रहरी चौकी माग
गरि सकेका छ्न काम हरु
१.सबैभन्दा ठुलो समस्यामा रहेको पालिकाको टुंगो लगाउनको लागि आफनै संयोजतामा निरीक्षण तथा अनुगमन टोली गठन गरियो
२. ५ वर्ष यता कै उत्कृष्ट नीति तथा कार्यक्रम र बजेट बनाई योर पहिलो प्रथामिकता सडक लाई दिएको छ ।
३.रिवर साइड रोडको लागी १ करोड बजेट छुट्याएको छ भने सिमली खिमाडी सडकको लागी २० लाख र बालुवागडा र कटौजे  सडक लाई २० लाख छुट्याएको छ
४. आधुनिक तथा नयाँ प्रविधि बाट पढाई होस् भनेर मोहन्यालका विद्यालयमा इन्टरनेट सेवा वितरण
५. मोहन्याल गाउँपालीकामा रहेको ठुलो समस्या खानेपानीको हल गर्नको लागी कर्णाली जल परियोजना जस्तो संस्था लाई भित्राई खानेपानीका योजना सुरु गर्न लाइयो
६. मोहन्यालमा संञ्चारको समस्या हल गर्नको लागी संञ्चार मन्त्रालय गई टावरको काम तत्काल सुरु गर्न पहल गरियो
७. लामो समय देखि अड्किएको अपांग परिचय पत्र वितरण कार्यक्रम १,३,६,७ मा भै सक्यो र बाँकी रहेका वडाहरुमा वितरण भइरहेको छ ।
६. विद्युतको केन्द्रीय कार्यलयमा गई तत्काल काम सुरु गर्न पहल गरियो र तत्काल विद्युत सुरु गर्न नसकिने ठाउमा वैकल्पिक ऊर्जा प्रर्वद्धन संग संमन्वय गरियो
९. वडा नम्बर ६ को सोल्टामा रहेको १० सैयाको अस्पतालको लागी एमबिबिएस  डाक्टर र सामग्री माग गरियो
१०. भूमि सम्बन्धी काम अगाडी बढाउन र लालपूर्जा वितरण काम सुरु भैरहेको छ ।

५ वर्ष भित्रमा गर्ने कामहरु
१. मोहन्याल विकासका लागि एकीकृत बस्ती बिस्तारको अवधारणा
२. मोहन्यालमा रहेका मसला जन्य चिजको प्रशोधन गरी आफनै मोहन्याल अर्गानिक मसला उदोग खोल्ने र मोहन्याली युवा लाई रोजगारी तथा आत्मा निर्भर बनाउने
३. मोहन्यालमा उत्पादन हुने फलफुल तथा तरकारीको संकलन केन्द्र र बजारीकरणको व्यवस्था
४. मोहन्याल सम्भावित  प्रटकिय क्षेत्रको गुरु योजना बनाई विकासको लागि पहल गर्ने  बाहिरी पर्यटक  भित्राई आन्तरिक आयस्रोत बढाउने


Photo

रमित पाण्डे नयाँ मिडिया डट कमका कैलाली सम्बाददाता हुन । उनी समसामयिक राजनैतिक तथा सामाजिक विषयमा कलम चलाउछ्न ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.