Naya Media
बिहिबार, साउन १, २०८२
| | July 17, 2025
बिहिबार, साउन १, २०८२
Advertisement

कब्जियतबाट मुक्ति पाउन हरेक विहान सेवन गर्नुहाेस यि चार खानेकुरा

User Photo
सोमवार, अशोज १८, २०७८
काठमाण्डौ ।

कब्जियतको समस्याबाट पीडित व्यक्तिहरुले हरेक बिहान खानेकुरामा ध्यान दिने गर्नुपर्छ । बिहान पेट सफा भएन भने दिनभर ताजा महसुस गर्न सकिदैन । पेट सफा नहुँदा छालासम्बन्धी समस्याहरु पनि आउने गर्छन् । तर, आफ्नै जीवनशैलीका कारण कब्जियतको समस्या हुने गर्छन् । त्यसैले हरेक बिहान के खाने त ?

कागती पानी


advertisement

कागतीले शरीरमा भएको बिकार तत्वलाई बाहिर फाल्ने काम गर्छ । कहिलेकाँही कब्जियतको समस्या भएमा एक गिलास तातोपानीमा एउटा कागतीको रस मिसाएर त्यसमा एक चम्चा मह हाल्ने र पिउने गर्दा कब्जियतको समस्या कम हुँदै जान्छ ।

दूध र दही

कब्जियतको समस्याबाट छुटकारा पाउनका लागि पेटमा राम्रो ब्याक्टेरिया पनि हुन आवश्यक छ । दहीमा प्रोबायोटिक हुन्छ त्यसैले हरेक दिन एक कप दही खाने गर्नुपर्छ । यसका साथै, कब्जियतबाट छुटकारा पाउनका लागि एक गिलास दूधमा २ चम्चा घ्यू हालेर राति सुत्नुअघि पिउने गर्दा कब्जियतको समस्या कम हुन्छ ।

फाइबरयुक्त खाना

एक दिनमा महिलाका लागि २५ ग्राम फाइबर खान आवश्यक छ । भने एक पुरुषले ३५ ग्राम फाइबर खान आवश्यक छ । त्यसैले हरेक दिन फाइबरयुक्त खाना खान आवश्यक छ । जसले कब्जियतको समस्या कम हुन्छ ।

आयुर्वेदिक औषधि

सुत्नु अघि ३ वटा त्रिफलाको चक्की तातोपानीसँग पिउनुपर्छ । त्रिफला पेटका लागि आवश्यक छ । यसलाई रातिमा सेवन गर्न सकिन्छ ।


Photo

नयाँ मिडिया डट कम एक्टिभ प्रेस प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


सञ्चालक
एक्टिभ प्रेस प्रा.लि.

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

nayamedia.com@gmail.com

© 2016 - 2025 Active Press Pvt.Ltd. All Rights Reserved.