Naya Media
मङ्लबार, जेष्ठ १९, २०८३
| | June 2, 2026
मङ्लबार, जेष्ठ १९, २०८३

नेता ज्यु ! बेलैमा बुद्धि फिरोस, चेत पलाओस

User Photo आइतवार, बैशाख १४, २०७७

आफ्नै पार्टीका नेताका बारेमा नराम्राे बाेल्ने रहर कुनै कार्यकर्तालाई हुन्छ जस्ताे लाग्दैन । तर त्यस्ताे परिस्थिती आउछ, एक नेताकाे आवेग र आफ्नाे निहित स्वार्थका लागि जव सिङ्गाे पार्टी र देशलाई नै दाउमा लगाउन तयार भएकाे नजिकबाट कार्यकर्ताले देख्छ, महसुस गर्छ तव पनि नबाेल्नु वा चुपचाप बस्नु गल्ती हुन्छ । स्वाभिमानी कार्यकर्ता पनि स्वार्थ पुरा गर्न जे पनि गर्नुपर्छ भन्ने कुराका समर्थन जनाउदै वाहिर खाेक्राे हल्ला पिटने तिनै नेता भन्दा फरक हुदैन वा रहदैन ।

यस्ताे परिस्थितीमा नै हाे, हरेक नेताका विगत र उसका कार्यशैली कार्यकर्ताले मुल्याङ्कन गर्ने र नेताकाे चरित्र नियाल्ने । केही कुराहरू नचाहादा नचाहदै वा भुलवश भएका भए र सुधार्दै लगेकाे भए वा पछिल्ला कामबाट सहि सावित गराउदै लगेकाे भए कमाण्डमा विश्वास गर्ने कम्युनिस्ट कार्यकर्ताले आत्तिनु पर्ने र आफ्नै नेतृत्वमा रहेका, कयाैँ याेगदान दिनु भएका नेताहरूकाे कुरा काटेर बस्ने हुदैथ्याे र गरिदैन पनि थियाे । तर व्येक्ति बन्न पार्टी, कार्यकर्ता, जनता, देश सबैकाे नजरअन्दाज गरी गलत कदम उठाउदा चुप बस्न सकिएन । हुनसक्छ कसैले गलत देख्लान तर सामना गर्ने र बुझाउन प्रयत्न गर्ने आँट पनि छ ।

कसैकाे पनि अनावश्यक र झुठा लान्छाना लगाइ बदनाम गर्ने र कसैकाे राम्राे देखिन कसैकाे विराेध गर्ने लाेभी प्रवृति याे हाेइन भन्ने आग्रह पनि गर्न चाहान्छु । अहिले हाम्रा नेताहरू आफैमा गुटबन्दी र सकिने खेलमा रहेकाे कुरा कार्यकर्ता त के जनता समेत जानकारी छ । याे कुराले सम्पुर्ण कम्युनिष्ट आन्दाेलन र देशलाई फाइदा गर्दैन भन्नेपनि सबै आदरणिय कमरेडहरूलाई थाहा छ । यदी छैन भने पनि बुझ्नुपर्छ ।

पार्टी आन्दाेलनमा रहेकाेवेला, सङ्कटको सामाना गरिरहेकाे अवस्थामा पार्टी फुटाएर जाने बामदेबको त्यति धेरै चर्चा नगरौं किनकी उनले संकटमा साथ दिनेकुरा विगतले पनि स्विकारेकाे देखिदैन । यी खासमा एक फिरौती उठाएर खाने स्वभावका हुन भन्न अस्वभाविक हुदैन । तर माधकुमार नेपालको भने इतिहाँसमा कहीँ कतै राम्रो भुमिका पनि देखिएको छ ।

तर यतिवेला सबै चिजलाई भुलेर तिनै विस्तारवादी, साम्राज्यवादी अनि पुजीवादी लम्पटहरुसङ्ग लम्पसार परेर गोटि बन्ने अनि तिनको गोठालो बन्ने कुरा कदाचित राम्रो हुदैन । इतिहास हेरुन अनि भविष्य पनि हेर्दा लाग्छ, माधवकुमार नेपाललाई कुन कुनामा लगेर प्रचण्डले टुङ्गो लगाउछ्न, त्यो भविष्यले देखाउला।

आफ्नै गुरु मोहन वैद्ध सिध्याउने प्रचण्ड, आफुलाई उच्छिन्ने डरले काभ्रेलि चतुर नेता आलोकलाई श्रमकैदमा राखेर मार्ने प्रचण्ड, बादल र बाबुरामलाई भुमिगत कालमा झन्डै सिध्याउने प्रचण्ड, बोक्नुस माधव बोक्नुस काधमा बोक्नुस । जुन दिन प्रचण्डले काधमा भिजाएर अनि टाउकोमा आगो बालेको दिन फेरि तपाईंलाई केपीको याद आउने छ । एकदिन पक्का आफ्ना सहयोद्धाको याद आउनेछ, शायद त्यतिबेला कम्युनिस्ट पार्टी दुर्लभ भएको हुनेछ, वा समयले साथ दिने छैन । त्यसैले बेलैमा बुद्धि फिरोस, चेत पलाओस शुभकामना !

एक जना पार्टीकाे कार्यकर्ता जुन काेही व्यक्तिकाे छैन र हाेइन, त्यसका कुरा तपाइ सम्म पुर्याउन सञ्चारमाध्यमलाई माध्यम बनाएकाे छु । तपाइले याे पढने कुरामा विश्वास्त छैन । त्यसैले नजिकका कोही लङ्गोटियाहरुले पढ्नुभयाे भने पनि सुनाइदिनुहोला, एउटा कार्यकर्ताले भन्दैथियो भनेर ।

कसैलाई चित्त नबुझ्ला वा सुभावलाई गालि नै सम्झेर गाली नै फर्काउलान तर जसले जेसुकै भनुन मलाई मतलब छैन । मलाई पदको लोभ छैन, लाेभ छ तर प्रतिष्ठा । मलाई मेरो जिवनको लोभ छैन, मलाई मेरो देशको अनि स्वाभिमान लोभ छ । किनकि यहाँ धेरै लेण्डुपहरु जन्मिसकेकाे भान हुन्छ । आफ्नैबाट जनता र देश खतरामा रहेकाे महसुस हुनछ, चुपचाप सहन म भित्रकाे चेतनाले दिदैन । मलाई मेरो जिन्दगीको लोभ छैन, मलाई त ती कन्चटको लोभ छ जो लेण्डुप बन्न खोजिरहेछ्न । किनकि तिनको कन्चठ मेरो मेशिनगनको निशान हुनेछ ।

लाल सलाम ! जय स्वाभिमान !!

  • नेत्र प्रसाद मैनाली, अनेरास्ववियु केन्द्रिय सदस्य


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.