Naya Media
सोमवार, जेष्ठ १८, २०८३
| | June 1, 2026
सोमवार, जेष्ठ १८, २०८३

पहिलाे हुने अमेरिकी माेह- भन्दैछन ‘विश्वकै ठुलाे आन्दाेलन’

User Photo मङ्लबार, जेष्ठ २०, २०७७

अमेरिका आफुलाई कुनै कुरामा पनि दोश्रो राख्न चाहदैन। अमेरिका मात्रै होइन, अमेरिकी जनता पनि त्यस्तै छन्।

अमेरिका “अमेरिका” बन्दै गर्दा लाखौं अश्वेतले ज्यान गुमाए । तर इतिहाँसका पानामा अमेरिकाले सभ्यताको विकास बाहेक केही देखाउदैन । यद्यपि छालाको रंगकै कारण हुने भेदभाव अहिलेपनी कायमै छ।

सामाजिक रुपमा नभइ राज्यको सुरक्षा निकायले गरेको व्याबहारले आज त्यहाँ आगो बलेको छ। लाखौं मानिसहरु सडकमा छन्। बिश्वब्यापी रुपमा फैलिएको कोभिड-१९ मा अरु देशहरू आक्रान्त हुँदैगर्दा केही अमेरिकी राज्यहरु विभेद र त्यसपछी भएको बिरोधका कारण तहसनहस छन्।

अघिल्लो साता एक जना काला जातिका पुरूषलाई प्रहरीले घुँडाले घाँटी थिचेर मारेपछि अहिले अमेरिकाभर प्रदर्शन भइरहेको छ। विभिन्न सहरमा कर्फ्यू लगाइए पनि प्रदर्शनकारी त्यसलाई उल्लंघन गर्दै सडकमा निस्किएका छन्।

अफ्रिकी अमेरिकी नागरिक जर्ज फ्लोयडको मृत्युपछि सुरु भएको यो आन्दोलनले अहिले विकराल रुप लिएको छ। पसलहरु तोड्ने र लुटपाट गर्ने क्रम बढेको छ। प्रदर्शनले हिंसाको रुप लिईसकेको छ।

प्रहरीको दमन पनि व्यापक छ, भिडमा प्रहरीले गाडी चलाएका दृश्यहरु सामाजिक संजालमा भाइरल बनेका छन्। महिलाहरूमाथी घुडा र ड्न्डाका फेदले प्रहार गर्दै गरेका भिडियो चेतावनी सहित ईन्टरनेटमा उपलब्ध छन।

अश्वेत प्रहरीले अश्वेत मानिसहरु माथि दमन गर्दैगरेका भिडियो अझ चर्चामा छन्। अमेरिकी राष्ट्रपति ट्रम्प भने कानुनी राज्यको हवला दिदै पछि नहट्ने अडानमा छन्। आन्दोलकारीहरु जर्ज फ्लोइडको हत्यामा सन्लग्न ३ प्रहरीलाई हदै सम्मको कारवाहीको माग राखेर आन्दोलन अझ सशक्त बनाइरहेका छन्।

अमेरिका भएर नै होला, यो घडिमा ती आन्दोलनकारिहरु पनि आफ्नो आन्दोलन बिश्वमा हुने प्रदर्शन मध्येको ठूलो हो भन्दै दाबी गरिरहेका छन। अन्यबेलाको अमेरिकी दावीजस्तै।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.