Naya Media
शनिबार, बैशाख १२, २०८३
| | April 24, 2026
शनिबार, बैशाख १२, २०८३

आफ्नै प्रशंसामा खेलकुद परिषदका सचिव, खेलाडीका गुनासा उस्तै

नवाैँ राष्ट्रिय खेलकुद गण्डकी प्रदेशमा आयाेजना हुने

User Photo बिहिबार, बैशाख १२, २०७६

देश संघीयतामा गएपछि पहिलो प्रदेश ५ मा सञ्चालन भएको आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता भद्रगोलपूर्ण ब्यवस्थापनकै बीच सकिएको छ ।

बुधबार बाँकेको नेपालगञ्जस्थित महेन्द्र रंगशालामा आयोजित समापन समारोहमा कार्यवाहक राष्ट्रपति नन्दबहादुर पुनले प्रतियोगिताको समापन गर्नुभएको हो । यससँगै नवाैँ राष्ट्रिय खेलकुद गण्डकी प्रदेशमा आयाेजना हुने भएकाे छ ।

नवौं राष्ट्रिय खेलकुद गण्डकी प्रदेशमा २०७७ को फागुन २० देखि २७ गतेसम्म हुने तालिका समेत सार्वजनिक भएको छ । राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिवले ७५ साललाई स्वर्णकालको संज्ञा दिदै अब खेलकुदले देशको मुहार फेर्ने बताउनुभयाे । उहाँले भन्नुभयाे, ‘मेरो कार्यकालमा दुईपटक राष्ट्रिय खेलकुद गर्न पाउँदा नेपाली खेलकुदको जग हाल्ने कामका साथै नयाँ ईतिहास रचिएकाे छ ।’

आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता समापन कार्यक्रममा बोल्दै कार्यवाहक राष्ट्रपति पुनले भन्नुभयाे, ‘आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताका कमजोरीका बीच सीमित श्रोत साधनका बाबजुद पनि राम्रोसँग प्रतियोगिता सम्पन्न भएको छ ।’ उहाँले अब गण्डकीमा हुने नवौं प्रतियोगितामा तोकिएको समयमा नै भौतिक पुर्वाधार निर्माणका कार्य सक्न र कुनै पनि गल्ती नदोहोर्‍याउन सुझाव समेत दिए । आफ्नै प्रदेशमा भएको आठौं खेलकुदले सबैलाई एक बनाएको भन्दै गण्डकी उहाँले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता झनै भव्य हुने विश्वास व्यक्त गरे ।

‘आठौं खेलकुदका बारेमा विशेषगरी बाँके र दाङमा भएको यो खेलकुदले सबैलाई एकजुट बनाएको छ । यहाँबाट प्रतिभावान् खेलाडीको जन्म पनि भएको छ । म बधाई दिन चाहन्छु,’ राष्ट्रिय कीर्तिमान बनाउने खेलाडी तथा पदक विजेतालाई उहाँले बधाई दिनुभयाे । साथै उपराष्ट्रपति पुनले आफू पनि कुनै वेला खेलाडी रहेकाे स्मरण गर्दै राष्ट्रिय प्रतियोगितामा छनोट हुन नपाउँदा एकदमै दुख लागेको सुनाउनुभयाे । उहाँले खेलाडीलाई झनै हौसलाको साथ खेल्न आग्रह गर्नुभयाे ।

उहाँले १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता तोकिएकै समयमा सम्पन्न हुने आशा पनि व्यक्त गरे । ‘म विश्वस्त बनाउन चाहन्छु कि नेपालमा हुने १३औं साग अब तोकिएकै समयमा हुनेछ’ भन्दै उहाँले त्यसको तयारीमा लाग्न सुझावसमेत दिनुभयाे ।

सम्बाेधन भएन खेलाडीका गुनासा

राष्ट्रिय खेलकुद परिषदले आठौं राष्ट्रिय खेलकुद सभ्यभब्य रुपले सम्पन्न गरेको भनिए पनि प्रतियोगिताभरि खेल स्थल र खेलाडीहरुका समस्या नै समस्या देखिएका थिए तर सुनवाइ नै भएन ।

प्रतियोगिताका खेल हुने हल, रंगशालाहरु बेलैमा निर्माण तथा उचित व्यवस्थापन नहुँदा खेल स्थल नै सार्नु परेको थियोे । त्यस्तै अधुरा खेल स्थलहरुमा उच्च तापमानमा खेलाडीहरुले आफ्नो ज्यान जोखिममा राख्दै उत्साहपुर्ण तरिकाबाट सहभागिता जनाएका थिए । साथै खेलाडीलेहरुले राम्रो बसोबास र खानपिनको उचित व्यवस्थापन समेत नभएको गुनासो पोखेकाे देखिन्थ्याे । खेलकुदसम्बन्धी सराेकारवाला निकाय तथा व्यक्तिले उनीहरुले गुनासाे नसुनेको खेलाडी तथा प्रशिक्षकले बताए ।

यसै प्रतियोगिताबाट छनोट भएका खेलाडीहरुले डिसेम्बरमा काठमाडौँ र पोखरामा हुने १३औं दक्षिण एसियाली खेलकुद ‘साग’ खेल्नेछन् । अहिले काठमाडौँ र पोखरामा सागका लागि पुर्वाधार निर्माण कार्य तीब्र गतिमा भैरहेको राष्ट्रिय खेलकुद परिषदले जानकारी गराएको छ ।

आठौं राष्ट्रिय खेलकुदलाई सागको छनोट प्रतियोगिताका रूपमा लिइन्छ भने नयाँ प्रतिभावान खेलाडीहरुको खोजी तथा प्राेत्साहनकाे उद्देश्यले रूपमा प्रत्येक दुई-दुई बर्षमा आयोजना हुने गरेको छ ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.