Naya Media
बुधबार, जेष्ठ २०, २०८३
| | June 2, 2026
बुधबार, जेष्ठ २०, २०८३

अंशु फाटीको कीर्तिमानी गोलमा बार्सिलोना विजयी

एकै खेलमा २ गोल गर्ने सबैभन्दा कान्छा खेलाडी बने फाटी

User Photo सोमवार, माघ २०, २०७६
काठमाण्डाै ।

युवा खेलाडी अंशु फाटीको कीर्तिमानी गोलमा बार्सिलोना विजयी बनेको छ । अंशु फाटीले २ मिनेटको अन्तरमा २ कीर्तिमानी गोल गर्दै लेभान्टेलाई पराजित गरेको हो । योसँगै बार्सिलोनाले शीर्ष स्थानको रियल मड्रिडसँग अंकदूरी छोट्याएको छ।

फाटी ला लिगाको एकै खेलमा २ गोल गर्ने सबैभन्दा कान्छा खेलाडी बनेका छन् । उनले १ मिनेटको अन्तरमा यो कीर्तिमान बनाएका हुन् । दुवै गोलका लागि कप्तान लिओनल मेस्सीले ‘असिस्ट’ गरेका थिए । फाटीले ३० औं र ३१ औं मिनेटमा गोल गरेका थिए । लेभान्टेका लागि इन्जुरी टाइममा रुबेन रोचिनाले गरे ।

जितपछि बार्सिलोनाले २२ खेलबाट ४६ अंक जोडेको छ । समान खेलबाट ४९ अंक जोडेको रियल मड्रिड शीर्ष स्थानमा छ ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.