तेस्रो टी-२० मा पाकिस्तानको रोमाञ्चक जित, सिरिज बराबरीमा सकियो

बुधबार, भदौ १७, २०७७, काठमाण्डाै । 

पाकिस्तानले इंग्ल्याण्डविरुद्धको तेस्रो टी-२० खेलमा ५ रनको रोमाञ्चक जित हात पारेको छ । सिरिजको तेस्रो खेलमा जित हात पारेपछि पाकिस्तानले घरेलु टोली इंग्ल्याण्डविरुद्धको तीन खेलको सिरिज १-१ को बराबरीमा सकाएको छ ।

पहिलो खेल नतिजा विहीन भएको थियो भने दोस्रो खेल इंग्ल्याण्डले जितेको थियो ।

म्यानचेष्टरमा भएको तेस्रो खेलमा मोहम्मद हाफिजको उत्कृष्ट ब्याटिङ र हैदर अलीले डेब्युमै अर्धशतक बनाएपछि पाकिस्तानले खेल जितेको हो ।

पाकिस्तानले दिएको १९१ रनको लक्ष्य पछ्याएको इंग्ल्याण्डले २० ओभरमा ८ विकेट गुमाएर १८५ रन मात्र बनाउन सक्यो ।

इंग्ल्याण्डका लागि मोइन अलीले सर्वाधिक ६१ रन बनाउँदा टम बेन्टनले ४६ रन, साम बिलिङ्सले २६ रन बनाए । बलिङमा पाकिस्तानका लागि साहिन साह अफ्रीदी र वाहब रियाजले २-२ विकेट लिए । इमाद वसिम र हरिस राउफले १-१ विकेट लिए।

तयसअघि टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १९० रन बनाएको थियो । पाकिस्तानका लागि उच्च स्कोर बनाउन मोहम्मद हफिजले अविजित ८६ रन बनाए । उनले ५२ बल खेल्दै ४ चौका र ६ छक्का प्रहार गरे ।

टी-२० मा डेब्यु गरेका हैदर अलीले ५४ रन बनाए भने कप्तान बाबर आजमले २१ र सहाब खानले १५ रन जोडे । इंग्ल्याण्डका लागि क्रिस जोर्डनले २ र मोइन अलीले १ विकेट लिए ।

यसअघि तीन खेलको टेष्ट सिरिज इंग्ल्याण्डले जितेको थियो । इंग्ल्याण्डले अब सेप्टेम्बर ४ देखि अष्ट्रेलियाविरुद्धको टी-२० सिरिज सुरु गर्नेछ ।

यो सामाग्री पढेर तपाईलाई कस्तो महसुस भयो ?

नयाँ मिडिया

नयाँ मिडिया डट कम वाचडग मिडिया एण्ड डेप्थ रिपार्टिङ प्रालिद्वारा सञ्चालित नेपाली भाषाको मल्टिमिडिया समाचार पोर्टल हो। यस प्रालि द्वारा चाैविसै घण्टा लाइभ प्रसारण हुने नयाँ रेडियाे र नयाँ टिभी पनि सञ्चालनमा छन । साथै हाम्रा भिडियाे सामाग्रीहरू युट्युव च्यानल नयाँ मिडिया (Naya Media) मा पनि हेर्न सकिन्छ ।

View more articles by: नयाँ मिडिया

नयाँ मिडिया

मङ्लबार, असार २९, २०७८ (July 13, 2021, 8:21 am) मा द्वारा खेलकुद अन्तर्गत प्रकाशित

प्रतिकृया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *


फेसबुकबाट प्रतिक्रिया

भर्खरै