Naya Media
आइतवार, बैशाख ६, २०८३
| | April 19, 2026
आइतवार, बैशाख ६, २०८३

सुदूरपश्चिम सेवा समाज माल्टाद्धारा भूकम्प पीडितलाई १ लाख सहयोग

आइतवार, मंसिर ३, २०८०
काठमाण्डौ ।

सुदूरपश्चिम सेवा समाज माल्टाद्धारा जाजरकोट र रुकुमका भूकम्प पीडितलाई नगद १ लाख सहयोग प्रदान गरिएको छ । सुदूरपश्चिम सेवा समाज माल्टाको पहलमा यरोपको माल्टा देशमा वैदेशिक रोजगारमा कामगर्न गएका नेपालीहरुले सहयोग रकम संकलन गरी शनिबार भूकम्प पीडितलाई प्रदान गरिएको हो ।

भूकम्पका कारण देश शोकमा रहेको बेला भूकम्प पीडितलाई सहयोग गर्न माल्टामा बसेर काम गर्दै आएका नेपालीहरुले आफ्नो कमाईको केही रकम संकलन गरी पठाएको सुदूरपश्चिम सेवा समाज माल्टाका अध्यक्ष दिपक सिंह ठगुन्नाले बताए । समाजका महासचिव शिव बिकले जाजरकोट भूकम्प पीडितलाई सहयोग गर्नको लागि संस्थाको बैठक बसेको र सहयोग रकम संकलन गर्ने निर्णय गरी पैसा संकलन गर्ने काम गरेको बताए ।

२०८० साल जेष्ठ २१ गते संस्थाको स्थापना भएसंगै छोटो समयमै सुदूरपश्चिम सेवा समाज माल्टाले मानविय सहयोगको कामगर्दै आएको कोषाध्यक्ष दिनेश नगरी बताउँछन् । बाजुराका भूकम्प पीडितलाई नगद ७२ हजार सहयोग गरेको र अहिले जाजरकोट भूकम्प पीडितलाई नगद १ लाख सहयोग गरिएको नगरीले बताए । संस्थाका उपाध्यक्ष जनक कुँवरले जाजरकोट भूकम्प पीडितलाई सहयोग गर्नको लागि मंसिर २ गते समाजसेवी एवम् राजनीतिज्ञ चन्दा ऐरको खातामा आफूले १ लाख पठाएको बताए ।

संस्थाका सल्लाहकार संयोजक नरेन्द्र बहादुर पाण्डले रकम संकलनको लागि पटकपटक भुर्चुअल बैठक बसि संस्थामा छलफल गर्ने गरेको बताए । देशलाई अफ्ठयारो परेको बेला सबैले सहयोग गर्ने हो । सुखदुःखमा साथदिन र मानविय सहयोग गर्नकै लागि संस्थाको स्थापना गरिएको पाण्डे बताउँछन् ।

कार्तिक २३ गते शुक्रबार मध्यरातमा गएको भूकम्पबाट १५४ जनाले ज्यान गुमाएका थिए भने धेरै जना घाईते भएका थिए । भूकम्पले घरहरु चर्केर बस्नै नमिल्ने भएपछि धेरैजना विस्थापित भएकाछन् र अहिलेपनि त्रिपालमूनी बस्दै आएकाछन् । वैदेशिक रोजगारमा यरोपको माल्टामा आएका सबै नेपालीलाई समेटेर संस्थाले राम्रो काम गर्दै आएको छ । सुदूरपश्चिम सेवा समाज माल्टा आफूलाई घरजस्तै लाग्ने गरेको भर्रखरै माल्टामा कामगर्न पुगेका कैलालीका तपेन्द्र परियार र अछामका कमल पुरकोटीले बताए ।


Photo

रमित पाण्डे नयाँ मिडिया डट कमका कैलाली सम्बाददाता हुन । उनी समसामयिक राजनैतिक तथा सामाजिक विषयमा कलम चलाउछ्न ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.