Naya Media
सोमवार, मंसिर १, २०८२
| | November 16, 2025
सोमवार, मंसिर १, २०८२

डा.केसीका माग सम्बाेधनकाे माग गर्दै अाज पनि बृहत् प्रदर्शन, २५ बढी सहभागी प्रहरी नियन्त्रणमा

User Photo
बिहिबार, साउन १०, २०७५
काठमाण्डाै ।

काठमाडौँ । प्रा.डा. गोविन्द केसीको अनसनका मागहरु तत्काल सम्बोधन गर्न प्रधानमन्त्रीलाई दबाब दिन शिक्षण अस्पताल महाराजगन्जबाट सुरु भई प्रधानमन्त्री निवास बालुवाटारसम्म जान लागेको विद्यार्थी र चिकित्सकहरु सम्मिलित बृहत् र्‍यालीमा प्रहरीले हस्तक्षेप गरेको छ ।

बिहीबार २७ औं दिनमा प्रवेश गरेसँगै उनको समर्थनमा विद्यार्थी तथा चिकित्सकहरुले र्‍याली आयोजना गरेका हुन्। उनीहरुको र्‍यालीलाई प्रहरीले सुरुमा शिक्षण अस्पतालको गेटमा नै रोक्ने प्रयास गरेको थियो। त्यहाँबाट बिस्तारै प्रहरी तालिम केन्द्रसम्म पुगेको र्‍यालीलाई प्रहरीले अगाडि बढ्न नदिएपछि विद्यार्थी र प्रहरीबीच ठेलमठेल भएको थियो।

विद्यार्थीहरुले अगाडि बढ्न पाउनुपर्ने माग गर्दै बाटो अवरुद्ध गरेपछि प्रहरीले लगभग २५ बढी र्‍यालीका सहभागीलाई नियन्त्रणमा लिएको छ। प्रहरी र र्‍यालीका सहभागीबीच अहिले पनि तालिम केन्द्र अगाडि ठेलमठेल भइरहेको छ।

प्रहरीले नियन्त्रणमा लिएको प्रदर्शनकारीलाई प्रदर्शनीमार्गस्थित नेपाल पुलिस क्लब पुर्‍याइएको छ।


Photo

नयाँ मिडिया डट कम एक्टिभ प्रेस प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सञ्चालक
नोवस मिडिया ग्रुप प्रा.लि.

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

              © 2016 - 2025 | Novus Media Group Pvt.Ltd. | All Rights Reserved.