रसुवाकाे गोसाइकुण्ड गाँउपालिका–२ टिमुरेमा बुधबार राति पहिरो खस्दा ५ जनाको मृत्यु भएको छ । ४ जना बेपत्ता छन् । पहिराेमा परी १२ जना घाइते छन् ।
बुधबार राति १ बजे पहिरो खस्दा २ वटा टहरा र एक होटेल पुरिएकोहाे। मृतक सिन्धुपाल्चोकको भोटेकोशी गाँउपालिका–५ का श्याम श्रेष्ठ, बिक्रम श्रेष्ठ, मंगले तामाङ, भोटेकोशी–४ का रेशम खड्काकोशव भेटिएकाे छ। दिउँसाे १२ बजे थप एक जनाकाे शव भेटिएकाे छ। बेपत्ता रहेका ४ जनाकाेखाेजी जारी छ।
पहिरोले टिमुरेस्थित प्रहरी बिट समेत पुरिएको छ। २ वटा कन्टेनर र एक ट्रकमा क्षति पुगेको छ।
घटनास्थलमा राति देखि नै उद्धार जारी छ। बिहानबाट थप सुरक्षाकर्मी परिचालन गरेर उद्धार र बेपत्ताको खोजी भइरहेको प्रमुख जिल्ला अधिकारी कृष्ण पौडेलले बताए।
घटनास्थल सदरमुकामबाट २५ किलोमिटर टाढा पर्छ। सदरमुकामबाट टिमुरे जाने बाटोको ठाउँ ठाउँमा पहिरो खसेको छ।
