Naya Media
शुक्रबार, बैशाख ११, २०८३
| | April 24, 2026
शुक्रबार, बैशाख ११, २०८३

अाज नाग पञ्चमी, नाग पञ्चमीबारे यस्ताे भन्छ स्कन्द पुराण

User Photo बिहिबार, साउन ३१, २०७५

श्रावण शुक्ल पञ्चमीको दिन नाग पञ्चमी अर्थात नाग वा सर्पको पूजा गर्ने दिन हो । २०७५ श्रावण ३० गते बिहान ७ बजेर ३५ मिनेट बाट सुरु भएर ३१ गते बिहान (१ घडी ४७ पला अर्थात) ६ बजेर १९ मिनेट सम्म पञ्चमी रहनेछ । हिन्दु सस्कार अनुशार तिथिले २ दिन परेमा पछिल्लो दिनमा मनाईने हुँनादे ३१ गते नाग पञ्चमी मनाउँन लागिएको हो ।

आजको दिन बिहानै उठी स्नान गरी दिप, कलश, गणेश पूजा गरि गोवरको नाग बनाई नगको मानचित्रमा दहि, दूबो, कुश, सिन्दुुर, चन्दन आदिले पूजा गरि ढोकामा टाँस्नाले सर्प वा नागको भए हुँदैन भन्ने धार्मिक मान्यता रहेकोछ । नागहरु जस्तै अनन्त, वासुकि, पद्म, महापद्म,तक्षक, कुलि, कर्कट,शंखनाग, शेषनाग आदिको चित्र टासिन्छ । यसरि बिभिन्न नागको चित्र घरमा टास्नाले चट्याङले नहान्ने, आगो तथा सर्पको भए नहुने हाम्रो धार्मिक आस्था तथा बिस्वास रहिआएको छ ।

स्कन्द पुराण अनुसार आज नागको पुजा गर्नाले मनोकामना पुर्णहुन्छ भनि बर्णन गरिएको छ ।

श्रावण शुक्ल पंचमि तिथिका दिनबाट वर्षायाम समाप्त भई हिउँद शुरु भएको मानिन्छ । ज्योतिष शाष्त्रीय मान्यता अनुशार आजको दिन कुनै शुभ तथा मांगलिक कार्य गर्न साईत हेर्नु पर्दैन भन्ने बिश्वास रहदै आएको छ । कुनै पनि घर तथा बंगाला निर्माण गर्दा भुमिमा नाग देवाताको बास भए बिधिवत रुपमा पूजा आजा गरि पन्छाए नागको दोषबाट मुक्त हुन धार्मिक जन बिश्वास रहि आएको छ ।

नाग पंचमिको दिन हिन्दु धर्मावलम्बिहरुले दिनभर व्रत गरि सूर्यास्त भए पछि नाग देवताको मुर्तिमा बिभिन्न सामानहरु जस्तै फुल, प्रसाद तथा फलले पुजा आजा गरि प्रसाद बाढ्ने तथा आफुले पनि लिने गर्दछन् । यसरि श्रावण शुक्ल पंचमिको दिन श्रदा तथा भक्तिका साथ मनाईने यो पर्ब हिन्दुधर्मावलम्बिहरुले धुमधामका साथ मनाउने गर्दछन् ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.