Naya Media
शुक्रबार, बैशाख ४, २०८३
| | April 17, 2026
शुक्रबार, बैशाख ४, २०८३

एक वर्षमा थपिए चार लाख ३७ हजार ६ सय सवारीसाधन

User Photo शुक्रबार, भदौ १, २०७५
काठमाण्डाै ।

काठमाडौं । एक वर्षमा मुलुकभर चार लाख ३७ हजार ६ सय सवारीसाधन थपिएका छन्। यसरी थपिएका सवारीसाधनमा सबैभन्दा बढी मोटरसाइकल छन्। गत आवमा तीन लाख ४१ हजार ६ सय २३ मोटरसाइकल दर्ता भएका छन्। यातायात व्यवस्था विभागका अनुसार २०७४/७५ मा मुलुकभर चार लाख ३७ हजार ६ सय १४ सवारीसाधन दर्ता भएका हुन्।

यो संख्या २०७३/७४ को तुलनामा ६ हजार ६ सय ४५ कम हो। नेपाल अटो मोबाइल्स डिलर्स एसोसिएसनका अध्यक्ष शम्भुप्रसाद दाहालले वित्तीय क्षेत्रमा तरलता अभाव र मौद्रिक नीतिका कारण अघिल्लो आवको तुलनामा गत आवमा सवारीसाधन दर्ता केही कम हुन गएको बताए। २०६१/०६२ देखि हालसम्म नेपालमा ३२ लाख २१ हजार सवारीसाधन दर्ता भइसकेका छन्।

२०७३/७४ मा चार लाख ४४ हजार दुई सय ५९ सवारी दर्ता भएका थिए। गत आव तीन लाख ४१ हजार ६ सय २३ मोटरसाइकल दर्ता भएका छन्। अघिल्लो आव तीन लाख ५४ हजार ७१ दर्ता भएका थिए। पछिल्लो समय युवामा मोटरसाइकल मोह बढेको छ। २०७३/७४ को तुलनामा गत आवमा मोटरसाइकल दर्ता १२ हजार चार सय ४८ ले घटेको हो। गत आवमा सार्वजनिक यातायातमा प्रयोग हुने बस दर्ता पनि घटेको विभागको तथ्यांक छ। बस दर्ता दुई हजार तीन सय ७० ले घटेको छ। २०७३/७४ मा पाँच हजार तीन सय ४२ बस दर्ता भएकोमा गत आवमा दुई हजार नौ सय ७२ बस मात्र दर्ता भएका छन्।

२०७३/७४ दुई हजार आठ मिनी बस/मिनी ट्रक दर्ता भएकोमा र गत आवमा एक हजार नौ सय ७६ दर्ता भएका छन्। मिनी बस/मिनी ट्रक दर्ता ३२ ले घटेको हो। अघिल्लो वर्षको तुलनामा गत आवमा सवारी दर्ता संख्या घटेको देखिन्छ। निर्माण क्षेत्रमा प्रयोग हुने हेभी इक्विपमेन्ट दर्ता पाँच सय ५८ ले घटेको छ। २०७३/७४ मा १२ हजार सात सय १२ हेभी इक्विपमेन्ट दर्ता भएका थिए। २०७३/७४ मा १० हजार ६ सय ७५ पिकअप भ्यान दर्ता भएकामा गत आवमा १० हजार तीन ४२ दर्ता भएका छन्। २०७३/७४ मा १७ हजार सात सय ८२ टेम्पो दर्ता भएकोमा गत आवमा १६ हजार दुई सय नौ दर्ता भएका छन्। गत आव दर्ता भएका ट्र्याक्टर, पावर टेलर १३ हजार तीन सय ९६ छन्।

गत आव ई–रिक्सा दर्ता साढे पाँच सय प्रतिशतले बढेको छ। २०७३/७४ मा दुई हजार दुई सय ४७ ई–रिक्सा दर्ता भएकोमा गत आवमा १२ हजार तीन सय २५ छन्। यस्तै कार/जिप/भ्यान दर्ता पनि वृद्धि भएको छ। गत आव २४ हजार तीन सय ३८ दर्ता भएको विभागले जानकारी दिएको छ। २०७३/७४ को तुलनामा गत आवमा एक हजार ९३ ले माइक्रोबस दर्ता बढेको हो। २०७३/७४ मा आठ सय ४१ माइक्रोबस दर्ता भएका थिए। यस्तै अन्य सवारी दर्ता एक सय ७० प्रतिशतले वृद्धि भएको छ। २०७३/७४ मा दुई सय चार अन्य सवारी दर्ता भएको विभागले जनाएको छ। भौतिक तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्माले नेपालको सन्दर्भमा सवारीसधानको यो संख्या स्वाभाविक भएको बताए। ‘चारपांग्रेको तुलनामा मोटरसाइकलको संख्या अधिक छ’, उनले भने, ‘विकासोन्मुख देशमा यो संख्या अनावश्यक भन्न हुँदैन।’

प्रदेश ३ मा सबैभन्दा धेरै

गत आवमा सबैभन्दा धेरै सवारी प्रदेश ३ मा दर्ता भएका छन्। प्रदेश ३ मा एक लाख २९ हजार पाँच सय ५७ सवारी दर्ता भएका छन्। सबैभन्दा थोरै सवारी कर्णाली प्रदेश जहाँ जम्मा दुई सय ७४ सवारी दर्ता भएका छन्। प्रदेश १ मा ४१ हजार दुई सय ९०, प्रदेश २ मा एक लाख २८ हजार सात सय ८५ सवारी दर्ता भएको विभागले जनाएको छ। यस्तै गण्डकी प्रदेशमा २२ हजार दुई सय तीन सय र प्रदेश ५ मा एक लाख ८० सवारी दर्ता भएको विभागको तथ्यांक छ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.