Naya Media
शनिबार, बैशाख १९, २०८३
| | May 2, 2026
शनिबार, बैशाख १९, २०८३

अब सबै श्रमिकलाई पेन्सन

User Photo सोमवार, अशोज १, २०७५

अर्थमन्त्री डा.युवराज खतिवडाले श्रम बजारमा रहेका सबै प्रकारका श्रमिकलाई सामाजिक सुरक्षाको प्रत्याभूति हुनुपर्ने बताएका छन्। कर्मचारी सञ्चय कोषको ५७औँ वार्षिकोत्सवमा खतिवडाले सरकार सबै श्रमिकलाई पेन्सनको दायरामा ल्याउन कानुन बनाउन लागिरहेको बताए।

‘सबै प्रकारका श्रमिकलाई पेन्सनको दायरामा ल्याउनेगरी कर्मचारीको एउटैखाले अवकास योजना बनाउन लागेका छौँ’, उनले भने, ‘अब मुलुकभित्रका सबै प्रकारका श्रमिकलाई सामाजिक सुरक्षाको प्रत्याभूति गराइने छ।’

खतिवडाले अहिले सरकारी संस्थाहरूबीच पनि फरकफरक अवकास योजना रहेको र कतिपयमा दोहोरिएको भन्दै एकद्वारामा ल्याइने जानकारी दिए। ‘कर्मचारी सञ्चय कोष सामाजिक सुरक्षण कोषसमेत रहेका कारण सामाजिक सुरक्षाका कार्यक्रम नयाँ ढंगले अगाडि बढाउनुपर्ने अवस्था छ’, अर्थमन्त्री खतिवडाले भने, ‘त्यसैले सबै किसिमका प्रणलीलाई एकद्वारमा ल्याउनेगरी काम भइरहेको छ।’

नेपाल सरकारको नीतिअनुसार कर्मचारी आजासका लागि पनि काम गर्न उनले कोषलाई आग्रह गरे।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.