Naya Media
बिहिबार, बैशाख १०, २०८३
| | April 23, 2026
बिहिबार, बैशाख १०, २०८३

सरकारको प्रगति विवरणमा किन प्राथमिकतामा पर्‍याे छिमेक नीति?

User Photo सोमवार, अशोज १५, २०७५

सरकारको चुस्तता वा कार्यसम्पादनमा प्रश्न उठ्दा होस् वा सरकारले प्राप्त गरेको उपलब्धिका विषयमा जानकारी गराउँदा नेपाल सरकारले ‘सन्तुलित छिमेक सम्बन्ध’को विषय प्राथमिकतामा पर्छ। राष्ट्रसंघको ७३औं महासभामा सहभागी हुन न्यूयोर्कमा रहँदा सरकारको कार्य-सम्पादनमाथि प्रश्न उठ्दा प्रधानमन्त्री र सरकारका अन्य प्रतिनिधिले सरकारको अन्य कामका साथै ‘छिमेक नीति सन्तुलित बनाएका छौं’ भन्ने जवाफ दिए।

छिमेकीसँग हार्दिक र सन्तुलित सम्बन्ध सरकारको सफलताको कसी भन्न सकिन्छ कि सकिदैन भन्ने प्रश्न  उठेको छ। प्राध्यापक विजयकान्त कर्ण छिमेकीबीचको सम्बन्ध सन्तुलन र हार्दिक रहेको बताउनु सरकारको लघुताभाषको प्रतीक रहेकाे बताउँछन्।

‘सम्बन्ध सन्तुलित र हार्दिक रहेको बताउन सम्बन्ध बिग्रिएको अवस्था हुनुपर्छ’, कर्णले भने, ‘यदि अवस्था त्यस्तो छैन भने पहिलेको तुलनामा सम्बन्ध कहाँ कसरी सन्तुलित भयो र पहिला कहाँ बिग्रिएको थियो भन्नुपर्छ।’ राष्ट्रसंघको महासभामा सम्बोधन गर्ने क्रममा अमेरिका र चीनबीच व्यापार-युद्धमा चीनको पक्षपोषण हुने खालको अभिव्यक्ति दिएर प्रधानमन्त्री ओलीले नेपालको विदेश नीतिमा आघात पुर्‍याएको उनको आरोप छ।

यातायात क्षेत्रको सिन्डिकेट अन्त्य गर्न नसकेको सरकारले गोविन्द केसीको २७ दिने अनशन अन्त्य गर्दा गरेको वाचा पूरा गर्न सकेको छैन। यस्तै दुई महिनाअघिको निर्मला पन्त हत्या प्रकरण अझै सल्टाउन नसकेको सरकारले छिमेकीसँगको सम्बन्ध सन्तुलनमा राख्नुलाई नै आफ्नो सफलता मापनका रुपमा लिएको छ।

विपक्षी पार्टीकै हैसियतमा सत्तासीन पार्टीका नेता कार्यकर्ताले पनि सरकारको काम कारबाहीका विषयमा सार्वजनिक रुपमा असन्तुष्टि व्यक्त गरेका छन्। नेपाल कम्युनिष्ट पार्टीका नेता तथा सुरक्षाविद् दीपक प्रकाश भट् पनि बारम्बार छिमेक सम्बन्ध सुमधुर रहेको बताउन नपर्ने बतउँछन्। ‘छिमेकी देशसँगको सम्बन्ध सन्तुलनमा रहेको विषय दक्षिणी छिमेकी भारतसँग भएको दुईपक्षीय पारस्परिक भ्रमणले नै बताउँछ भने चीनसँग हालै भएको व्यापार तथा पारवाहन प्रोटोकल सम्बन्धी भएको सम्झौताले स्पष्ट पारेको छ,’ भटट्ले भने, ‘यसैले छिमेकीसँगको सम्बन्ध सरकारको सफलताको कसीका रुपमा बारम्बार व्याख्या गर्ने काम त्यति उचित होइन।’

स्पष्ट बहुमतको कम्युनिस्ट सरकारबाट जनताले धेरै आशा गरेको परिस्थितिमा सरकारले जन-अपेक्षा अनुरुप काम गर्न नसकेको यर्थाथता लुकाउन सरकार आत्मरतिमा अल्झेको र छिमेकीसँगको सम्बन्ध सुधार गरेकाे दाेहाेर्‍याउने गरेको राजनीतिक विश्लेषकको मत छ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.