Naya Media
शुक्रबार, बैशाख ११, २०८३
| | April 23, 2026
शुक्रबार, बैशाख ११, २०८३

सगरमाथा आरोहरणका लागि नक्कली अनुमतिपत्र बनाउने पक्राउ

User Photo शुक्रबार, अशोज १९, २०७५

सगरमाथा आरोहरणका लागि आवश्यक नक्कली आरोहण अनुमतिपत्र बनाएको आरोपमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। सेभेन समिट ट्रेकर्स प्रालिमा काम गर्ने उनीहरूले आर्थिक लाभ लिने उद्देश्यले नक्कली अनुमतिपत्र बनाएको प्रहरीले जानकारी दिएको छ।

कम्पनीमा कार्यरत कर्मचारीले नक्कली प्रमाणपत्र बनाएर २२ हजार अमेरिकी डलर बाँडी खाएको प्रहरीले पत्ता लगाएको हो। केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले गरेको सूक्ष्म अनुसन्धानका क्रममा सेभेन समिटका कानुनी विभागका प्रमुख निभेस कार्की, मार्केटिङ म्यानेजर फुर्तेन्जी शेर्पा र लेखापाल विजयश्वर अर्यालको मिलेमतोमा नक्कली आरोहण अनुमतिपत्र बनाइएको पाइएको छ।

सगरमाथा आरोहरण गर्न ‘१४ पिक एक्स्पिरियन्स एभरेस्ट एक्सपेडिसन २०१८’ नामक आरोहण दलको अनुमतिपत्रमा दुई जनाको नाम थपेर नक्कली काम गरेको रहस्य खुलेको छ। सुरुमा १२ जनाले आरोहण अनुमतिपत्र बुझे पनि कार्की, शेर्पा र अर्यालले दुई जना (चाइनिज र अस्ट्रेलियन) को नाम थपेको पाइएको छ।

सेभेन समिट कम्पनीको नाममा तयार गरेको किर्ते आरोहण अनुमतिपत्रको फोटोकपी सोलखुम्बुस्थित सगरमाथा प्रदूषण नियन्त्रण समितिमा पेस गरेको थियो। सीआईबीका अनुसार पर्यटन विभागबाट उक्त दलको सम्पर्क अधिकृतले बुझाएको फोटोकपी भिडाउँदा एकै मिति र एकै परमिटको पत्रमा आरोहीको संख्या फरक पर्न गएपछि अनुसन्धान थालिएको थियो।

सीआईबीका डीएसपी श्याम ओलियाका अनुसार गत वर्ष चैत ३० गते कार्कीले पर्यटन विभागबाट सक्कली आरोहणपत्र लिनुअघि अनलाइनबाट १४ जनाकै आवेदन पेस गरेका थिए। शेर्पा र अर्यालले १४ जनाको सट्टा विभागबाट १२ जनाको मात्रै परमिट निकाल्ने र दुई जनाको पर्यटन शुल्कबापत प्राप्त हुने २२ हजार अमेरिकी डलर तीनै जनाले बाँडेर खाने योजना बनाएको प्रहरी अनुसन्धानबाट खुलेको छ। योजनाअनुसार कार्कीले पर्यटन विभागबाट सक्कली छाप लगाएको लेडरप्याड ल्याई सक्कल जस्तै परमिट बनाएका थिए। अर्यालले लेखा मिलाउने र शेर्पाले नक्कली डकुमेन्ट वितरण गर्ने जिम्मा पाएका थिए।

२२ हजार अमेरिकी डलरमध्ये अर्यालले सात लाख ३५ हजार रुपैयाँ, शेर्पाले सात हजार दुई सय अमेरिकी डलर र बाँकी कार्कीले लिएको अनुसन्धानबाट खुलेको डीएसपी ओलियाले जानकारी दिए। सीआईबीले पक्राउ परेका तीनै जनाविरुद्ध काठमाडौं जिल्ला अदालतमा सरकारी छाप दस्तखत किर्ते र ठगी मुद्दामा म्याद थपेर अनुसन्धान थालेको छ। ‘कार्की, अर्याल र शेर्पाले योजनाबद्ध ढंगले आर्थिक लाभ लिने उद्देश्यले नक्कली आरोहण अनुमतिपत्र तयार गरेको देखियो। हामी थप अनुसन्धान गर्दै छौं’, डीएसपी ओलियाले भने।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.