Naya Media
शुक्रबार, बैशाख ११, २०८३
| | April 23, 2026
शुक्रबार, बैशाख ११, २०८३

मिर्गौला पीडितलाई पोर्चुगलबाट आर्थिक सहयोग

User Photo शुक्रबार, अशोज १९, २०७५

दुबै मिर्गौला फेल भई उपचाररत रहेका नवलपुरका एक युवालाई नवलपुर समाज पोर्चुगलले आर्थिक सहयोग प्रदान गरेको छ । जिल्लाको गैंडाकोट नगरपालिका – ६ का ३३ बर्षीय शक्ति प्रसाद चालिसेको उपचार सहयोगार्थ समाजले आर्थिक सहयोग गरेको हो ।

पीडित चालिसेको आर्थिक अभावका कारण उपचारमा समस्या देखिएपछि समाजले रकम संकलन गरि प्रवासी मूलुक पोर्चुगलबाट आर्थिक सहयोग गरेको हो ।

समाजले सञ्चालन गरेको आर्थिक सहयोग अभियान अन्र्तगत संकलीत एक लाख २३ हजार एक सय रुपैयां नगद पीडित चालिसेको बैंक खातामा पठाईएको समाजका अध्यक्ष जयभद्र सापकोटाले राससलाई जानकारी दिए।

आफ्नो जिवन रक्षाका लागि सहयोगको याचना गरेका चालिसेको उपचारमा राहत मिलोस् भन्ने उद्धेश्यले रकम संकलन गरि पठाईएको सापकोटाले बताए। काठमाण्डौं स्थित बीर अस्पतालमा डायलाइसिस गरि उपचार गराइईरहेको पीडित चालिसेको मिर्गौला प्रत्यारोपणको लागि पहल भईरहेको छ ।

चालिसेको उपचारका लागि जापान, दक्षिण कोरिया, कतार, साउदी अरब लगायतका प्रवासी मूलुकहरुबाट समेत सहयोग जुटिरहेको सापकोटाले बताए ।

यसअघि समाजले चालिसेको उपचार सहयोगार्थ एक लाख सात हजार पांच सय ८५ रुपैयां नेपाल पठाएको थियो । पीडित चालिसेको श्रीमती, ४ बर्षीय छोरा र बृद्ध बुवाआमा रहेका छन् ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.