Naya Media
शुक्रबार, बैशाख ११, २०८३
| | April 23, 2026
शुक्रबार, बैशाख ११, २०८३

मौसम परिवर्तनसँगै विराटनगरका स्वास्थ्य संस्थामा बिरामीको चाप

User Photo सोमवार, अशोज २२, २०७५

मौसम परिवर्तनसँगै मोरङका साना तथा ठूला स्वास्थ्य संस्थामा बिरामीको चाप ह्वात्तै बढेको छ। गर्मी घटेर चिसो सुरु नहुँदै सरकारी तथा निजी स्वास्थ्य संस्थामा बिरामीको चाप अत्यधिक बढेपछि उपचारमा समस्या हुन थालेको छ ।

बिरामीले सरकारी तथा निजी अस्पताल भरिभराउ छन्। विशेष गरेर बिरामी हुनेमा बालबालिका र वृद्धवृद्धाको संख्या बढी छ । बालबालिकामा निमोनिया र वृद्धवृद्धामा भाइरल ज्वरो, रुघाखोकी र दमका समस्या लिएर आउने बढी देखिएको चिकित्सकले जनाएका छन्।

कतिपय स्वास्थ्य संस्थामा बिरामीको उपचारका लागि वैकल्पिक अस्थायी शैया थप गर्नु पर्ने स्थिती आएको छ। कतिपयमा पुराना बिरामीलाई चिकित्सकको सम्पर्कमा रहने गरी सल्लाह दिएर डिस्चार्ज दिंदै नयाँ बिरामी भर्ना गरेर उपचार थालिएको छ।

स्वास्थ्य संस्थामा भाइरल, निमोनिया, रुघाखोकी, दम, ज्वरोलगायतका बिरामीको संख्यामा वृद्धि भएको हो। विराटनगरका नोवेल मेडिकल कलेज, कोसी अञ्चल अस्पताल, विराट नर्सिङ होम, लाईफ गार्ड, गोल्डेन, न्युरोलगायतका अस्पतालमा बिरामीको चाप ह्वात्तै बढैको अस्पतालले जनाएका छन्।

चिकित्सकले मौसम परिवर्तनको संकेतसँगै स्वास्थ्य संस्था मौसमी बिरामीले भरिभराउ हुन थालेको जानकारी दिएका छन्। कोसी अञ्चल अस्पताल विराटनगरका मेडिकल सुपरिटेन्डेन डा. रोशन पोखरेलले महामारी झैं फैलनेगरी रोग लागेका भन्दा पनि नियमित उपचार र स्वास्थ्य परीक्षणमा आउने बिरामीको संख्या बढेको जानकारी दिए। ‘गर्मी कम भएर चिसो सुरुसँगै बिरामीको बढेको हो उनले भने, ‘मौसमको अनुकूलता नमिल्दा बिरामीको संख्या बढेको हो।’

पोखरेलका अुनसार मेडिकल विभाग, बहिरंग विभाग र आकस्मिक कक्षामा बिरामीको संख्यामा बढेको छ। पहाडी जिल्ला र साना स्वास्थ्य संस्थामा उपचार सम्भव नभएपछि रिफर गरिएका बिरामी समेत उपचारका लागि थपिने गर्दा ठूला स्वास्थ्य संस्थामा चाप बढी देखिएको उनको भनाइ छ।

उनका अनुसार कोसी अस्पतालमा उपचार र स्वास्थ्य परीक्षणका लागि यसअघि एक दिनमा हजारको हाराहारीमा बिरामी आउने गरेका थिए। अहिले दैनिक आउने बिरामीको संख्या बढेर एक हजार पाँच सय बढी पुगेको जानकारी पोखरेलले दिए ।

नोबेल मेडिकल कलेजका प्रबन्धक नारायण दाहालका अनुसार यसअघि दैनिक एक हजारको संख्यामा उपचारका लागि बहिरंग विभागमा आउने बिरामीको संख्या बढेर लगभग दुई हजारको हाराहारीमा पुगेको छ। उनका अनुसार बिरामीमध्ये सबै भन्दा बढी बालबालिका र वृद्धवृद्धा रहेका छन्।

बरिष्ठ बालरोग विशेषज्ञ डा. विमल अग्रवालले अहिले दुबै खाले मौसमको समिश्रण भएको अवस्थामा बालबालिकामा छालाको एलर्जी, निमोनिया र रुघाखोकीको समस्या बढी देखिएको जानकारी दिए।’अहिले धेरै गर्मी पनि छैन। धेरै चिसो पनि भइसकेको छैन’, उनले भने, ‘अत्यधिक भइरहेको गर्मी क्रमस घट्दै गएर चिसो मौसम सुरु हुँदै जाँदा त्यसले बालबालिकामा विभिन्न असर पुर्‍याउँछ।यस्तो अवस्थामा बालबालिकालाई विशेष हेरचाहको आवश्यकता पर्छ।’

पूर्वाञ्चलमा रहेका एक सय तीनवटा नर्सिङ होम तथा अस्पताल समेतका निजी स्वास्थ्य संस्था र उपस्वास्थ्य चौकी, स्वास्थ्य चौकी, प्राथमिक स्वास्थ्य केन्द्र, जिल्ला अस्पताल र अञ्चल अस्पताल समेत गरेर नौ सय २६ सरकारी स्वास्थ्य संस्थामा बिरामीको चाप बढेको क्षेत्रीय स्वास्थ्य निर्देशनालय धनकुटाले जानकारी दिएको छ।

निर्देशनालयका अनुसार दैनिक सय जना बिरामी बहिरंग विभागमा आउने गरेका स्वास्थ्य संस्थामा पछिल्लो समयमा आएर एक सय ५० बढी बिरामी स्वास्थ्य परीक्षण र उपचारका लागि आउन थालेका छन्।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.