Naya Media
बुधबार, बैशाख ९, २०८३
| | April 22, 2026
बुधबार, बैशाख ९, २०८३

प्रदेशसभामा पनि मनाङ्गेकाे उही पारा, भारतीय नम्बर प्लेटको गाडी लिएर पुगे संसदमा

पत्रकारलाई भने ‘यस्ता फाल्तु कुरामा समय नफाल्नुस्'

User Photo मङ्लबार, माघ १५, २०७५

पोखरा । सोमबार सपथ लिएका सांसद राजीव गुरुङ ऊर्फ दीपक मनाङे मंगलबार गण्डकी प्रदेशसभामा आउँदा सबैको ध्यान उनीतिरै खिचियो ।

मनाङे संसद पुग्दा बदबलसहित पुगेका थिए र उनले भारतीय नम्बर प्लेटको गाडी चढेर आएका थिए ।

सरकारी नम्बर प्लेटको र मन्त्रीको गाडीमात्र संसद कम्पाउन्डभित्रको पार्किङस्थलमा पुग्न पाउँछन् । भारतीय नम्बर प्लेटको गाडी संसदमा किन आउन दिइयो ? सांसदहरु नै आश्चर्यमा थिए । सुरक्षार्थ खटिएका प्रहरीले भने, ‘माननीय नै चढेर आएको गाडी कसरी रोक्ने ?’

बीआर ०६ पिडी ९८२९ नम्बरको गाडीमा मनाङे संसद पुग्दा एक सांसदले भने, ‘संसदको कुनै मर्यादा हुन्छ कि हुँदैन । हुन्छ भने उनले अनुमति लिएका छन् कि छैनन् हेनुपर्छ ।’ तर, मनाङे आफूले दैनिक शुल्क तिरेर भारतीय गाडी चढेकोमात्रै बताएनन्, सरकारी गाडी चढेको भएमात्र प्रश्न उठाउन आग्रह गरे ।

मनाङेले यस विषयमा पत्रकारलाई उल्टै भने ‘यस्ता फाल्तु कुरामा समय नफाल्नुस् ।’ उनले अगाडि थपे ‘यो भाइहरुको गाडी हो । भाइ पनि होइन भाइको दिदीको, देशले भारतको सहयोग लिन मिल्ने मैले गाडी चढ्न पनि नपाउने ?’

प्रदेशसभा सुरक्षाका लागि खटिएका सई चन्द्रबहादुर खत्रीले आफूलाई त्यसबारे जानकारी नभएको बताए । ‘जिल्लामा खबर गरेको छु । माथिबाट आजलाई बाहिर पार्किङ गर्न पठाउने र भोलिदेखि भित्र ल्याउन नदिने भन्ने आएको छु,’ उनले भने ।

भारतीय नम्बर प्लेटका गाडी नेपालमा चलाउँदा दैनिक ४ सय ५० रुपैयाँ राजस्व सरकारलाई बुझाउनु पर्ने नियम छ ।

आन्तरिक मामिला तथा कानुनमन्त्री हरिबहादुर चुमानले यसबारेमा आफूले अध्ययन गरिरहेको बताए । ‘यसबारे म पनि बुझ्दैछु । ठ्याक्कै थाहा भएन । मैले पनि कानुन हेर्नैपर्छ ।’

मंगलबार नै तनहुँबाट निर्वाचित सांसद रामबहादुर गुरुङ पर्यटक गाडीमा आएका थिए ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.