Naya Media
शुक्रबार, बैशाख ४, २०८३
| | April 17, 2026
शुक्रबार, बैशाख ४, २०८३

गीतको सुटिङमा नेपाल आएका भारतीय गायक सोनु निगम नर्भिक अस्पताल भर्ना

User Photo मङ्लबार, फाल्गुन ७, २०७५

काठमाडौं । भारतीय गायक सोनु निगम थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना भएका छन् । एउटा गीतको भिडियो सुटिङका लागि नेपाल आएका उनी ढाडमा असह्य पीडा महसुस भएपछि मंगलबार दिउँसो साढे एक बजे अस्पताल भर्ना भएका हुन् ।

उनको रक्तजाँच तथा एक्स-रे गरिएको र एमआरआई पनि गरिने अस्पतालले जनाएको छ । अस्पतालका अनुसार उनलाई अहिले नर्भिक अस्पतालको भीआईपी स्वीट ५०१ मा राखिएको छ भने डा. पंकज जलान, डा. प्रवीण नेपाललगायतको टिमले उनको उपचार गरिरहेको छ ।

‘आज उहाँलाई होटल फर्काउने कि अस्पतालमै राख्ने भन्ने कुरा एमआरआईको रिपोर्ट हेरेपछि मात्र थाहा हुन्छ’, अस्पताल स्रोतले भन्यो,‘ तर अहिलेको स्थिति हेर्दा एक रात अस्पतालमै राख्ने सम्भावना देखिएको छ ।’

यसअघि पनि सोनु निगमलाई सी फूडका कारण छालासम्बन्धी एलर्जी भएपछि भारतकै एक अस्पतालमा केही दिन भर्ना गरिएको थियो ।

उनको स्वास्थ्यमा सुधार आएपछि केही दिनअघि उनी पोखराको कार्यक्रममा आएका थिए । उनले भारतीय गीतहरुका साथै नेपाली चलचित्रहरुमा समेत स्वर दिदै आएका छन् ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.