Naya Media
शुक्रबार, बैशाख ४, २०८३
| | April 17, 2026
शुक्रबार, बैशाख ४, २०८३

कार्यकर्तालाई निराश नहुन गगन थापाकाे आग्रह

User Photo बुधबार, फाल्गुन ८, २०७५

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा युवा नेता गगन थापाले सरकारले जनताका आधारभूत कुरा पनि सम्बोधन गर्न नसकेको आरोप लगाएका छन् । नेपाली कांग्रेस जिल्ला कार्य समिति इलामले गरेको अन्तरक्रिया कार्यक्रममा उनले यस्तो आरोप लगाएका हुन् ।

उनले देशमा दण्डहिनता बढेको तर पनि सरकारले जनतालाई शान्ति सुरक्षाको प्रत्याभूति दिलाउन नसकेको बताए । उनले देशमा महँगी, भ्रष्टाचार र चोरीका घटना भइरहँदा पनि सरकारले फटाहालाई कारबाही गर्न नसकेको बताए ।

नेपाली कांग्रेसले हालको व्यवस्था ल्याउन र राज्य पूनर्संरचनामा लैजान प्रमुख भूमिका खेले पनि दलहरुको वैचारिक सिद्धान्त त्यागका कारण कांग्रेस बाहिर बस्नु परेको बताउँदै उनले कार्यकर्तालाई निराश नहुन आग्रह गरे ।

नेपाली कांग्रेस प्रतिपक्ष नभई संविधान कार्यान्वयनको प्रमुख पक्ष भएको धारणा राख्दै उनले सरकारका गल्ति सुधार्न कांग्रेस सधै खरो रुपमा प्रस्तुत हुने बताए । यो समाचार कारोबारमा प्रकाशित छ ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.