Naya Media
शुक्रबार, बैशाख ११, २०८३
| | April 24, 2026
शुक्रबार, बैशाख ११, २०८३

कांग्रेसकाे प्रश्न- विप्लवको पार्टी आतंकवादी कि राजनीतिक पार्टी ?

User Photo बुधबार, फाल्गुन १५, २०७५

काठमाडौं । प्रमुख विपक्षी दल नेपाली कांग्रेसले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाबारे सरकारको धारणा मागेको छ ।

राष्ट्रियसभाको बुधबारको बैठकमा कांग्रेस सांसद जितेन्द्र देवले नख्खुमा एनसेल मुख्यालयमा भएको बम विस्फोटको विरोध गर्दै घटनाको जिम्मा लिएको विप्लवको पार्टीबारे सरकार र सत्तारुढ पार्टी नेकपाको धारणा मागेका छन् । उनको प्रश्न छ, ‘विप्लवको पार्टी आतंकवादी पार्टी हो कि राजनीतिक पार्टी हो ? वा पार्टी राजनीतिक र कामकारबाही आतंकवादी हो ?’

सरकार र सत्तारुढ नेकपाले विप्लवलाई हेर्ने दृष्टिकोण तत्काल सार्वजनिक गर्नुपर्ने उनको माग छ । विप्लवलाई सरकार र प्रमुख पार्टीहरुले सतही रुपमा मात्र हेरे मुलुक अर्को द्वन्द्वमा फस्नसक्ने उनको विश्लेषण छ ।

उनले बन्दुकको नालबाट मात्र सत्ता प्राप्त हुन्छ भन्ने सिद्धान्त कम्युनिस्ट आन्दोलनभित्र किन पैदा हुन्छ भनेर आत्मनिरीक्षण गर्ने बेला आएको बताए ।

सरकार र नेकपाको कोर लिडरसिप सैद्धान्तिक अन्यौलमा रहेको भन्दै उनले भने, ‘नेकपा र कोर लिडरसिपले आफ्नो धारणा सार्वजनिक गर्नैपर्छ । नेपालमा हिंसा होइन, शान्तिपूर्ण रुपमा अन्य दलसँग प्रतिपर्धा गर्छौ र शान्तिपूर्ण रुपमा सामाजिक रुपान्तरण गर्छौं भन्ने प्रतिवद्धता गर्नैपर्छ ।’

कांग्रेस सांसद देवले राजनीतिक समस्या समाधान भइसक्यो भन्ने प्रधानमन्त्री केपी शर्मा ओलीको अभिव्यक्ति गलत भएकोसमेत दावी गरे । कांग्रेसको महासमिति बैठकले नै संविधान संशोधन गर्न माग गरेको स्मरण गराउँदै उनले भने, म प्रधानमन्त्रीलाई भन्न चाहन्छु, त्यो दृष्टिकोण त्याग्नुस् र संविधान संशोधनमार्फत मूलधारमा आउन चाहनेलाई समेट्नुस् ।’


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.