Naya Media
शुक्रबार, बैशाख ११, २०८३
| | April 24, 2026
शुक्रबार, बैशाख ११, २०८३

चिट चोराउने धपाउन खोज्दा प्रहरि माथि ढुङ्गामुढा, भिड नियन्त्रण गर्न हवाई फायर

User Photo बुधबार, चैत्र १३, २०७५

बझाङ जिल्लाको छविसपाथीभेरा गाउँपालिका बान्नीचौर मावी पाटागाउँ एसईई परीक्षा केन्द्रमा आज प्रहरीले चिट चोराउने मान्छेहरूको भिड हटाउन हवाई फायर गर्नुपरेको छ । परीक्षा केन्द्रमा चिट चोराउन संलग्न तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

गणित विषयको परीक्षामा केन्द्र वरपर चिट चोराउने अभिभावकको भिडभाड भएको र धपाउन खोज्दा उल्टो प्रहरी माथि नै ढुङ्गामुढा गरेपछि प्रहरीले भिड नियन्त्रण गर्न एक राउन्ड हवाई फायर गरेको प्रहरी नायब उपरीक्षक प्रवीण धितालले बताए।

धितालका अनुसार चिट चोराउने भिडले प्रहरीमाथि नै दुर्व्यवहार र हातपात गर्न थालेपछि हवाई फायर गर्नुपरेको हो।

जिल्लामा एसईइ परिक्षामा विगत देखी चिट चोराउने प्रचलन भएकाले यसलाई सुधार गर्न अघिल्ला वर्षदेखी जिल्लाका अधिकारीहरुले परिक्षा टाईट गर्दै गएका छन् । परिक्षा संचालन भएका केहि केन्द्रमा भविभावकहरुको भिडभाडले प्रहरी संग सामान्य विवाद भएपनि अन्य केन्द्रमा भने परिक्षा मर्यादीत भएको शिक्षा विकास तथा समन्वय ईकाई प्रमुख सुरेन्द्र खडायतले जानकारी दिए ।

जिल्लाका १७ परीक्षा केन्द्रमा एसईई परीक्षा सञ्चालन भइरहेको छ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.