Naya Media
शुक्रबार, बैशाख ११, २०८३
| | April 24, 2026
शुक्रबार, बैशाख ११, २०८३

१४ कार्टुन यौनवर्द्धक औषधिसहित ४ जना पक्राउ

User Photo आइतवार, चैत्र १७, २०७५

भारतबाट अवैधरूपमा नेपाल भित्र्याइएको १४ कार्टुन यौनवर्द्धक औषधिसहित ४ पक्राउ परेका छन् । उनीहरूलालाई शनिबार राति झापाको कचनकवल गाउँपालिका –१ कुटीबाट प्रहरीले पक्राउ गरेकाे हाे ।

जिल्ला प्रहरी कार्यालय झापाकाे अनुसार जाँच गर्ने क्रममा प्रहरीले यौनवर्द्धक औषधिसहित विभिन्न ब्राण्डका आयुर्वेदिक औषधि नियन्त्रणमा लिइएकाे छ ।

प्रहरीले बाह्रदशी गाउँपालिका–४ का २५ वर्षीय इन्तियाज आलम, सोही ठाउँका २८ वर्षीय ताहिर हुसेन, २७ वर्षीय सादम हुसेन र वौद्ध–१ काठमाडौँ निवासी ३१ वर्षीय झिनचोक शेर्पालाई औषधि बोक्न प्रयोग गरिएको भ्यान र दुई मोटरसाइकलसहित नियन्त्रणमा लिएको बताएको छ ।

उनीहरुलाई जिल्ला प्रहरी कार्यालय झापामा राखिएको प्रहरीले जनाएको छ । मे१ज ४०६३ नंको भ्यानमा औषधि राखेर बिर्तामोडतर्फ ल्याइँदै गरेको अवस्थामा अस्थायी प्रहरी चौकी कुटीले जाँचका क्रममा चारैलाई नियन्त्रणमा लिएको थियो । नियन्त्रणमा लिइएकामध्ये ताहिर भ्यान चालक हुन् । यो सँगै प्रहरीले मे६प १०१६ नंको मोटरसाइकल र अर्काे एक थान भारतीय नम्बरप्लेट भएको वीआर३७ए २४९० को मोटरसाइकलसमेत नियन्त्रणमा लिएको छ ।

औषधिको मूल्य भने खुलाइएको छैन । यस विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिनुभयो ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.